साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहिले मोटाउँछेस् ?

डाक्टरहरूले पनि मेडिकल शैलीमा हेप्छन् हामी दुब्लालाई । सामान्य पेट दुखेर अस्पताल पुग्यो भने भिटामिनको बोतल प्रेस्क्रिप्सनमा लेख्छन् नै ।

Nepal Telecom ad

डाक्टरका अनुसार मोटोपन राम्रो त होइन तर पनि खै खाइलाग्दी, लोभलाग्दी, ड्याम्म परेकी, मोटीघाटी भन्दै अनेक विशेषण दिन्छन् मोटा मान्छेहरूलाई ।

पढेलेखेका मान्छेको सङ्गत गरौँ भन्दै कवि सम्मेलनमा पुग्छु- गोजीमा ढुङ्गा बोकेर हिँड नत्र हावाले उडाउला भनेका छन् । कोहीचाहिँ अलिकति मासु सापटी दिन्छु थप है भन्छन् । हत्तेरिका सित्तैको सल्लाह नेपालीले मात्रै दिन्छन् कि अरूले पनि देलान् ।

दुब्ला केटाहरूका आफ्नै पीडा छन् । ख्याउटे, सुकुटे, लुरे, लुते, च्याङ्ग्रे के के के के नाम राखेका । स्कूलमा नैतिक शिक्षा सिकाउने गुरुले ‘लुरी’ भनेरै कक्षामा चिनाउनु भयो । कलेज पुगेपछि स्वास्थ्य शिक्षाका गुरुले अली खा च्याँखुरी भन्नुभयो । जागिर जाँदा बहिनी नागरिकता बनाउने उमेर त भयो ? भनेर सोध्छन् । हैन पातला मान्छेले बाँच्ने हक नै छैन कि क्या हो ?

मान्छेहरू हालखबर सोध्दा पनि ‘अझै दुब्लाइछेस्, उस्तै उस्तै छेस्, कहिले मोटाउँछेस्’ भनिदिन्छन् ।

अरु त अरु अब त लुगा पसल मा गएर यसो लुगा नाप्यो, “ठूला मान्छेहरूको लागि मात्र छ, यता छ बच्चाको कपडा यता छ यता हेर” भन्छन् । अब भन्नुहोस् दुब्लो अनि सानो कदको मान्छेलेचाहिँ ठूला, मोटालाई ठीक हुने लुगा पनि हेर्ने मात्रै पो भो त ।

हामी दुब्लाहरूले जति नै दुख माने पनि मोटाहरूको पनि आफ्नै पीडा छ । एकजना आफन्त डाइटिङ छ भन्दै मैले खाएका खानेकुरा हेर्दै घुटुक्क थुक निल्दै पो थिए । के गर्नु मोटो छु यो खायो भने झन् मोटाइन्छ भन्दै कुन्नी कसले के हेरे जस्तै बस्थे । अनि मोटाहरूलाई भैंसी, बुङ्गुर, गैँडा, हात्ती नामले बोलाउँदारछन् । हैन यी जनावरले अघिल्लो जुनीमा ठूलै एमसिसीकै ऋण खाएका थिए कि कसो ?

कम उमेरका मोटा मान्छेलाई बाउआमाकै उमेरकाले अङ्कल/आन्टी भनेको सुनेकै हो । हामी दुब्लाहरू भाइबहिनीका पनि भाइबहिनी भैरहन्छौँ । सेवाग्राहीका नजरमा निजामतिमा पनि पातला अधिकृतभन्दा मोटा खरिदारको भाउ बढी हुँदो रैछ ।

अनि अर्को कुरा के मलाई सबैले दुब्लो भयो दुब्लो भयो अलि मोटा यस्तै यस्तै भन्नेहरू धेरै नै छन् मोटाओस् भन्ने चाहना भएको मान्छेले त यसो मोटाउने खानेकुरा ल्याएर दिए हुने नि । अझै पनि उस्तै ? अझै मोटाएनौ ? भनेको छ, अर्को चोटीचाहिँ मोटाउ है भनेको छ । यिनलाई आफ्नोभन्दा अर्काको कति चासो भएका होलान् ।

साथीभाइले ठट्टामै कटाक्ष गर्छन्, ‘हावा चलेको बेला गोजीमा ढुंगा राख्नु है ।’ आमाबुवा भन्छन्, ‘जति खाए पनि नलाग्ने ज्यान । खानेबेला घरबाहिर निकालेको जस्तो ।’ उफ् । जे भए पनि के गर्नु, दुब्लो पातलो भनेर नहेप बिजुलीको तार पनि पातलै हुन्छ, तर झट्का कडा लाग्छ थाहा छ नि भन्दा त ‘कसको फेसबुक स्टाटस कपी गरिस्’ पो भन्छन् साथीहरू ।

कहिलेकाहीँ त मलाई के लाग्छ भने पनि दुब्लो मान्छेहरूको चिन्ता के हाम्रो ज्यानको चिन्ता हामी आफूले भन्दा पनि अरुले गरिदिन्छन् । लाग्छ हामीले खाने खान्कीदेखि लिएर लगाउने पोशाकसम्मको चिन्ता गर्ने जिम्मा सरकारले उनीहरूलाई नै दिएको छ ।

एक जुगमा एक दिन एकचोटी आउँछ… भनेजस्तो । मोटाउने दिन पनि त आउला । त्यो बेला ’कहिले दुब्लाउँछेस्’ भन्नेहरू निस्किएलान् । अनि अर्को लेख लेखौँला । तर सुटुक्क भनुँ है, मोटाउने कुनै तरिका छ ?

एकदिनको कुरा म साथीको घर गएकी थिएँ । हामी थोरै साहित्य सिर्जनाको बारेमा कुरा गरेपछि रात अलि बढिसकेको कारण उहाँकै घरमा बस्ने निणर्य भयो र दुवै जना खाना खान बस्यौँ । यसो थाल हेर्छु, सानी बच्ची र मलाई उत्तिकै भाग छ । बरू त्योभन्दा बढी त मैले आफ्नै पास्नीमा खाएकी थिएँ होला । भोकको झोकमा सिनित्तै पारियो । थप्ने पनि सोध्नुभएन । होइन, दुब्लोको पेट हुँदैन ? के उनीहरूलाई भोकै लाग्दैन ? भोलिपल्ट साथीसँग गुनासो गरेँ । पढेर पनि चेतना नघुसेकाहरूमा दुब्लाले कम खाना खान्छन् भन्ने भ्रम हटाउन सरकारले सचेतनामूलक कार्यक्रम ल्याउन आवश्यक देखिन्छ ।

डाक्टरहरूले पनि मेडिकल शैलीमा हेप्छन् हामी दुब्लालाई । सामान्य पेट दुखेर अस्पताल पुग्यो भने भिटामिनको बोतल प्रेस्क्रिप्सनमा लेख्छन् नै । तौल नाप्ने मेसिनमा अनिवार्य उभ्याइन्छ । अनि तौल हेरेर अन्डरवेट भएको भन्दै जुन रोग जँचाउन गएको हो त्यसको भन्दा झोलाभरि भिटामिनका झोल, खाना रूच्ने औषधी, तौल बढाउने औषधि पो लेख्दिन्छन् ।

दशैँको विदामा साँझतिर हेडौँडाबाट बकैया जाने माइक्रो बसमा चढेँ । केही पर पुगेपछि एउटा युवकले गाडी रोके र चढ्न मात्रै के लागेका थिए, ढोकामा उभिएका सहचालकले रोके । कारण- उनी मोटो थिए.. र भने- ‘तपाईं अट्ने सिटमा तीनजना प्यासेन्जर अट्छन् । (तेब्बर भाडा) दिनुहुन्छ भने चढाउँछु, नत्र हुँदैन’, रुखो बोलीमा सहचालकले उनलाई भने । ती युवक रुपैयाँ तिर्न तयार थिए र चढे बसमा …। मेरो खुशीको नेप्से ५ गुणाले बढेको थियो । ह्याप्पी इन्डेक्समा मलाई अध्ययन गर्दा हुन् त म संसारकै खुशी नागरिकमा दर्ज हुन्थेँ होला । म औधी खुशी हुनुको कारण म दुब्ली थिएँ, तेब्बर तेब्बर भाडा त तिर्न पर्दैन थियो नि ।

घर पुगेपछि छरछिमेकीले सोधिहाल्छन् ‘कहिले मोटाउँछेस् ?’ तर सुटुक्क भन्नुस् न है ? मोटाउने कुनै तरिका छ ?

०००
हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुकुर पालन

कुकुर पालन

स्वस्तिका दाहाल
पढाइ पुराण

पढाइ पुराण

स्वस्तिका दाहाल
0
Would love your thoughts, please comment.x
()
x