साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हो, म व्यङ्ग्य लेख्छु

जब दुशासनहरूले द्रौपदीहरूलाई नाङगो बनाएको र, कृष्णहरूले त्यसमा मौन स्वीकृति जनाएको देख्छु असाध्यै पीडा हुन्छ अनि म व्यङ्ग्य लेख्छु

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

देशमा परिवर्तन भयो
कसैका निवास फेरिए, लिवास फेरिए
वर्गीय सोच अनि साथी सँगाती त खास फेरिए
बाँकी जस्ताको त्यस्तै रह्यो
अहिले पनि खुट्टा फुटेका-
र, भारीको बोझले टाउकोमा टुटिलो उठेका
मानिसहरू जब देख्छु,
असाध्यै पीडा हुन्छ
अनि म व्यङ्ग्य लेख्छु ।

नौ महिना गर्भमा बोकेर हिँड्दा पनि कुनै बोझ नमानेर,
आफ्ना खुसीहरूका गला निमोठ्दै उसैलाई सर्वश्व ठानेर,
हुर्काएको छोराले जब
आमालाई अस्पताल नलगेर
साली लिएर सिनेमा हिँडेको देख्छु,
असाध्यै पीडा हुन्छ
अनि म व्यङ्ग्य लेख्छु ।

राष्ट्रियता र प्रजातन्त्रका नारा दिएर,
गरिब सोझा जनताको मत लिएर,
सत्तारोहणकै लागि जब कोही दिल्ली दौडेको देख्छु,
असाध्यै पीडा हुन्छ
अनि म व्यङ्ग्य लेख्छु ।

आफ्ना कमसल उत्पादनहरू बेच्न
विज्ञापनका नाउँमा सोझा जनताको ध्यान खिच्न
जब दुशासनहरूले द्रौपदीहरूलाई नाङगो बनाएको
र, कृष्णहरूले त्यसमा मौन स्वीकृति जनाएको देख्छु
असाध्यै पीडा हुन्छ
अनि म व्यङ्ग्य लेख्छु ।

सार्वभौमसत्ताको रक्षार्थ
कहिले प्रजातन्त्र र कहिले गणतन्त्रको थाँक्रो हालियो
कस्ता कस्तालाई काँधमा राखेर उचालियो
तर अहिले आफ्नै आँखाअगाडि,
जब थाँक्रोले काँक्रो खाएको देख्छु,
असाध्यै पीडा हुन्छ
अनि म व्यङ्ग्य लेख्छु
हो म व्यङ्ग्य लेख्छु ।

०००
हेटौँडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
देशमा फेरि चुनाव आयो

देशमा फेरि चुनाव आयो

मीनप्रसाद लामिछाने
कसरी हुन्छ सुधार ?!

कसरी हुन्छ सुधार ?!

मीनप्रसाद लामिछाने
हामी त केवल घण्टा हौँ

हामी त केवल घण्टा...

मीनप्रसाद लामिछाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x