साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेतालाई प्रश्न

ए हाम्रा महान नेताज्यू ! छातीमा हात राखेर भन्नुहोस् त तपाइँ यताको कि उताको हुनु हुन्छ ? उतैकालाई पोषिलो र बलियो पार्न यताको गाई किन दुहुनु हुन्छ ??

Nepal Telecom ad

दुर्गा रिमाल अधिकारी

तपाईं भारत र नेपाल बराबर गर्नुहुन्छ
नागरिकता पनि सराबर पार्नु हुन्छ
उताकाले दानापानी खुवाएपछि
नेपालीलाई पनि उतैको बनाउनु हुन्छ ।

स्वाभिमानको कुरा पनि गर्नुहुन्छ
आफ्नो देश उतैकालाई लुटाउनु हुन्छ
कहिले भारतको दाउपेच,
कहिले अमेरिकाको दाउपेच,
यो सबै नघिनाई स्विकार्नु हुन्छ ।

स्वभिमान बेच्न तपाइँलाई
खूब मजा लाग्छ
लिपुलेक, कालापानी पनि
उतैको हो कि जस्तो लाग्छ

भारतले हस्तक्षेप गरेको हैन
माया पो गरेको भन्नुहुन्छ
चलचित्र बनाउँदा पनि
नेपाल त भारतकै अङ्ग हो भन्छन्
तपाइँ पनि हो हो भन्नु हुन्छ ।

कुनै दिन महान् भारतको निगाहले
नेपालको राजधानी दिल्ली बन्ने हो कि
अरुलाई त दुःख लाग्ला
तपाइँ चाहिँ खूब खुसी हुनु हुन्छ ।

ए हाम्रा महान नेताज्यू !
छातीमा हात राखेर भन्नुहोस् त
तपाइँ यताको कि उताको हुनु हुन्छ ?
उतैकालाई पोषिलो र बलियो पार्न
यताको गाई किन दुहुनु हुन्छ ??

०००
कलङ्की- १४, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबामा समर्पण

बुबामा समर्पण

दुर्गा रिमाल अधिकारी
मूर्ख मानिसको मति

मूर्ख मानिसको मति

दुर्गा रिमाल अधिकारी
रिस

रिस

दुर्गा रिमाल अधिकारी
मतिभ्रष्ट को भयो ?

मतिभ्रष्ट को भयो ?

दुर्गा रिमाल अधिकारी
इतिहास कि बितियाँस ?

इतिहास कि बितियाँस ?

दुर्गा रिमाल अधिकारी
निष्ठाको नमस्कार !

निष्ठाको नमस्कार !

दुर्गा रिमाल अधिकारी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x