सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सम्पादक

मलाई यो कुराको हार्दिक अफसोच छ कि द्विवेदीजीले मेरो कुनै रचना कहिले फिर्ता गरेनन् । यो दुःखद् स्थितिको प्रमुख कारण मैले लेख्न सुरु गर्नुभन्दा पहिला नै उहाँको स्वर्गवास भइसकेको थियो ।

Nepal Telecom ad

रवीन्द्रनाथ त्यागी :

अनुवाद : आर.सी. रिजाल

सबैभन्दा घटिया सम्पादक त्यो हुन्छ, जसले सबैभन्दा पहिले रचना प्राप्तिको सूचना दिन्छ र फेरि रचना स्वीकृतिको सूचना दिन्छ । त्यसपछि रचना सानदार ढङ्गले छापिन्छ अनि एक पत्रिकासहित लेखकलाई चेक पठाउँछ । धर्मयुगका सम्पादक डा. धर्मवीर भारती यही श्रेणीमा पर्थे ।

माथिको सम्पादकभन्दा राम्रो सम्पादक त्यो हुन्छ, जसले चिठ्ठी पत्र लेख्दैन रचनामात्र छापिदिन्छ र कहिलेकाहीं लेखको पारिश्रमिकसहित पठाउँछ । अझ श्रेष्ठ सम्पादक त्यो हुन्छ, जो रचना विनाकारण तपाईंलाई खेद वा अभिवादनको साथ फिर्ता गर्छ र भविष्यमा पनि यस्तैयस्तै सहयोग गर्ने प्रार्थना गर्छ ।

सर्वश्रेष्ठ सम्पादक त्यो हो, जो न रचना छाप्छ न कहिले त्यसलाई फिर्ता पठाउँछ । तपाईं जतिसुकै पत्र लेख्नोस् श्रेष्ठ सम्पादकलाई केही असर पर्दैन । मैले यस्तो एउटा सम्पादक फेला पारेको थिएँ, जसले मेरो रचना उसको नाममा छपायो ।

सम्पादक धेरै ठूलो मान्छे हो । खरो बोलीका धनीमा ‘सरस्वती’ का सम्पादक महावीरप्रसाद द्विवेदीको जो योगदान छ, त्यो अजर अमर छ । उनले पन्त र निरालाका रचनासमेत फिर्ता पठाएका थिए । पन्तजीको त एउटा यस्तो रचना पनि फिर्ता गरे जो द्विवेदीको स्नेहपात्र मैथलीशरण गुप्तामार्फत् पठाइएको थियो । मलाई यो कुराको हार्दिक अफसोच छ कि द्विवेदीजीले मेरो कुनै रचना कहिले फिर्ता गरेनन् । यो दुःखद् स्थितिको प्रमुख कारण मैले लेख्न सुरु गर्नुभन्दा पहिला नै उहाँको स्वर्गवास भइसकेको थियो ।

०००
‘भोलारामको आत्मा’ (२०६६)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भूतपूर्व प्रेमिकाको पत्र

भूतपूर्व प्रेमिकाको पत्र

रवीन्द्रनाथ त्यागी
अफिस

अफिस

रवीन्द्रनाथ त्यागी
अफिस

अफिस

रवीन्द्रनाथ त्यागी
अतिथिकक्षमा प्रतीक्षाको घडी

अतिथिकक्षमा प्रतीक्षाको घडी

रवीन्द्रनाथ त्यागी
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे
क्वालिटी एजुकेसन

क्वालिटी एजुकेसन

देवीप्रसाद घिमिरे
आइडिया

आइडिया

भोजराज रेग्मी ‘मुखाले’
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी