सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अनेक यन्त्रणाको अन्त्य पर्खिएर

गहुँबारीमा लागेको डढेलो निभेको छ भर्खरै आकाशमा हराएको छैन धुवाको मुस्लो लहराइरहेछ हावामा हपक्क पार्ने राप र खरानीमा बालाका आकृतिहरू जिउँदै छन् अझै ।

Nepal Telecom ad

नवीन अभिलाषी :

पहिरोमुनि छु- अनिदो ।
तिमी आउनू आफ्नो देश छोडेर
छोडेर सरकारी जागिर
च्यातेर नागरिकता
आफ्नी आमालाई छोडेर भए पनि तिमी आउनू ।
केहि हजार केहि सय केहि किलोमिटर पर…
पहिरो खसिरहेको पहाडमुनि
म एउटा युगल चिहानको बन्दोबस्त गरिरहेछु ।

प्रकाशको एक निमेषभरको बाटो
बादललाई एक याम हिँड्नुपर्ने हुन सक्छ
तिमीलाई नपुग्न सक्छ एक युगले
तिमी साइत नहेरी आउनू ।
एक कालखण्ड म खडेरी बाँचिसकेको छु ।
एक युग म मरुभूमि हाँसिसकेको छु ।
तिमी मात्र एक पल वर्षात लिएर आउनू
चाहे त्यो आँसुकै किन नहोस्
तिमी जर्जर जीवनका गम्भीर दुखहरू लिएर आउनू ।

यता पनि
खुल्ला आकाश छ, तिमीलाई उड्न मिल्ने
नडराउनू, थुन्न पुग्ने पिञ्जडा समेत छैन मसँग ।
छ ओरालो पृथ्वी, तिमीलाई बग्न मिल्ने
नधकाउनू, बाँध लाउन पुग्ने यो माटो पनि हैन मेरो ।
म आफैं त पहिरो
यो गृष्मकालिन उष्णतामा म आफ्नै रोदन गाइरहेछु ।
तिमी आउनू आफ्नै जीवनका लोकभाका लिएर
भर्खर आँधी थामिएको छ यता
भुईंमा खसेर लडिरहेछ मन्दिरको गजुर
भाँचिएका रुखका हाँगाहरूले छेकिरहेछन्- बाटो
झ्यालका पर्दाहरू लत्रिरहेछन् च्यातिएर
शीशाहरू फुटेका छन्
र पर… कतै रोइरहेछन् बच्चाहरू
गहुँबारीमा लागेको डढेलो निभेको छ भर्खरै
आकाशमा हराएको छैन धुवाको मुस्लो
लहराइरहेछ हावामा हपक्क पार्ने राप
र खरानीमा बालाका आकृतिहरू जिउँदै छन् अझै ।

अचानक खसेको सुख्खा पहिरो रोकिएको छ यता
यो क्रमभङ्गतामा भग्न छु म
दुर्भाग्य जिउँदो छु, तर एकदम जीर्ण ।
तिमी आउनू आँपका बतिलासँग खसेर
लिचीका चिचिलासँग कुहिएर
पर्पल जाकाराण्डाका पत्रदलसँग चोइटिएर
म पहिरोमुनि छु- एक शताब्दी लामो अनिदो ।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गणतन्त्र गीत

गणतन्त्र गीत

होम सुवेदी
आदर्श नेता

आदर्श नेता

हृषीकेश बराल
भिडहरू !

भिडहरू !

महादीप पाेखरेल
क्रूर ओढार

क्रूर ओढार

अनिल श्रेष्ठ
परिवेश

परिवेश

हेमराज पन्त