साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनेक यन्त्रणाको अन्त्य पर्खिएर

गहुँबारीमा लागेको डढेलो निभेको छ भर्खरै आकाशमा हराएको छैन धुवाको मुस्लो लहराइरहेछ हावामा हपक्क पार्ने राप र खरानीमा बालाका आकृतिहरू जिउँदै छन् अझै ।

Nepal Telecom ad

नवीन अभिलाषी :

पहिरोमुनि छु- अनिदो ।
तिमी आउनू आफ्नो देश छोडेर
छोडेर सरकारी जागिर
च्यातेर नागरिकता
आफ्नी आमालाई छोडेर भए पनि तिमी आउनू ।
केहि हजार केहि सय केहि किलोमिटर पर…
पहिरो खसिरहेको पहाडमुनि
म एउटा युगल चिहानको बन्दोबस्त गरिरहेछु ।

प्रकाशको एक निमेषभरको बाटो
बादललाई एक याम हिँड्नुपर्ने हुन सक्छ
तिमीलाई नपुग्न सक्छ एक युगले
तिमी साइत नहेरी आउनू ।
एक कालखण्ड म खडेरी बाँचिसकेको छु ।
एक युग म मरुभूमि हाँसिसकेको छु ।
तिमी मात्र एक पल वर्षात लिएर आउनू
चाहे त्यो आँसुकै किन नहोस्
तिमी जर्जर जीवनका गम्भीर दुखहरू लिएर आउनू ।

यता पनि
खुल्ला आकाश छ, तिमीलाई उड्न मिल्ने
नडराउनू, थुन्न पुग्ने पिञ्जडा समेत छैन मसँग ।
छ ओरालो पृथ्वी, तिमीलाई बग्न मिल्ने
नधकाउनू, बाँध लाउन पुग्ने यो माटो पनि हैन मेरो ।
म आफैं त पहिरो
यो गृष्मकालिन उष्णतामा म आफ्नै रोदन गाइरहेछु ।
तिमी आउनू आफ्नै जीवनका लोकभाका लिएर
भर्खर आँधी थामिएको छ यता
भुईंमा खसेर लडिरहेछ मन्दिरको गजुर
भाँचिएका रुखका हाँगाहरूले छेकिरहेछन्- बाटो
झ्यालका पर्दाहरू लत्रिरहेछन् च्यातिएर
शीशाहरू फुटेका छन्
र पर… कतै रोइरहेछन् बच्चाहरू
गहुँबारीमा लागेको डढेलो निभेको छ भर्खरै
आकाशमा हराएको छैन धुवाको मुस्लो
लहराइरहेछ हावामा हपक्क पार्ने राप
र खरानीमा बालाका आकृतिहरू जिउँदै छन् अझै ।

अचानक खसेको सुख्खा पहिरो रोकिएको छ यता
यो क्रमभङ्गतामा भग्न छु म
दुर्भाग्य जिउँदो छु, तर एकदम जीर्ण ।
तिमी आउनू आँपका बतिलासँग खसेर
लिचीका चिचिलासँग कुहिएर
पर्पल जाकाराण्डाका पत्रदलसँग चोइटिएर
म पहिरोमुनि छु- एक शताब्दी लामो अनिदो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x