साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबु साहेब

कि कचाकच काटिने छ, हामीलाई र हाम्रै लासको मञ्च उठाएर भाका सारिने छ, कि थुत्नेछौँ हामीले सिंहासनबाट र वर्षौदेखिको हिसाब चुक्ता गर्नेछौँ ।

Nepal Telecom ad

जुँगा हल्लिएको छ तपाईंको
हामीले कुरा बुझिसकेका छौँ ।
गर्जिरहेको बादल मुन्तिर,
झरीले भिज्दै गरेको चङ्गाजस्तै छौँ हामी
बाजको अन्तिम झम्टाइ पर्खिरहेका चल्लाहरूझँै
यतिबेला
हाम्रो अनुहारमा मृत्युले ठट्टा गरिरहेछ ।

तर तीन हजार वर्षदेखि
दबाइएका गलाहरू खसखस गरिरहेछन्
चलमल—चलमल गर्दैछन्,
यी जञ्जीरले कस्सिएका हातगोडाहरू
र बेहोस प्रायः यो छाती आज अचानक
ढुकढुक — ढुकढुक गरिरहेछ ।
हेर्नुस् तपाईंको पैतालामुनि
यो धुलो उठेर फट्फटाइरहेछ पखेटा ।

बाबु साहेब
एकतारे हो तपाईंको सिंहासन,
रगतको एक छिर्कोले चुँडिन सक्छ — च्वाट्ट
हामी त रक्तबिज
एउटा मृत्युको अवसरमा
हजार जीवनले टुसा उमार्छ ।
समयको यही कालो कुइनेटोमा
अब कि बिट मारिनेछ — शुद्र इतिहासको
कि सुरु हुनेछ, अर्को उज्यालो अध्यायको ।

यतिबेला
मुक्ति र मृत्युको मझधारमा
ढलपल ढलपलको गीतहरू गाइरहेका छौँ ।
थाहा छैन, अब के हुन्छ ?
मात्र थाहा छ
कि कचाकच काटिने छ, हामीलाई
र हाम्रै लासको मञ्च उठाएर भाका सारिने छ,
कि थुत्नेछौँ हामीले सिंहासनबाट
र वर्षौदेखिको हिसाब चुक्ता गर्नेछौँ ।
तर मञ्जुर छैन अब,
आफ्नै काँचो रगतले आर्जेको भूगोलमा
आफै अनागरिक बन्न ।

(अभिलाषीको भर्खरै लोकार्पित ‘मौलामा बाँधिएको राँगो’ कविता सङ्ग्रहबाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x