साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उत्तर खाेजिरहेकाे एउटा प्रश्न

इतिहासको भित्री गातामा लेखिन्न तिमीले वर्तमानमा बाँचेका द्विअर्थी जीवनका अभिनय त्यसैले मैले आजैबाट एउटा अर्को इतिहास लेख्नुपर्ने भो के मैले पनि रगतले नै लेखौँ इतिहास ?

Nepal Telecom ad

नवीन अभिलाषी :

चिहानतिर सोझिएको त्यो अर्ध पैताला तिम्रो हो ?

आलो रगतको गन्ध फैलिरहेको दाप
तिम्रो कम्मरमा किन झुण्डिरहेछ हँ ?

हिजो मात्रै
ल्याण्ड-फिल साइडमा तिम्रो एउटा मुकुण्डो देखेको थिएँ ।
ढलभित्र बग्दै गरेको अर्को
र अर्को कस्टडीतिर…..

औशीको मध्यरातमा
पीपलमा आत्महत्या गरेको विचार पक्कै तिम्रो थियो ।
विचारको आत्महत्यापछि पनि
लासले जीवन बाँचेको नाटक कसरी गर्न जानेको …. आम्मै नी ।

तिम्रो घरको जगमुनी
भन्न सक्छौ कस-कस्का हारखोर छन् ?
तिम्रो हाँसोको गर्तमुनी सुसाइरहने
ति आँसुका लहर कस्का हुन् ?

के साँच्चै
चिहानतिर सोझिएको त्यो अर्ध पैताला तिम्रो हो ?

इतिहासको भित्री गातामा लेखिन्न
तिमीले वर्तमानमा बाँचेका द्विअर्थी जीवनका अभिनय

त्यसैले मैले आजैबाट
एउटा अर्को इतिहास लेख्नुपर्ने भो

के मैले पनि रगतले नै लेखौँ इतिहास ?

०००
बाँके, काेहलपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x