रवीन्द्रनाथ त्यागीप्रजातन्त्र
जुन दलमा धेरै गधा हुन्छन् त्यही दलले सरकार बनाउँछ। यहि कारण कहिलेकाहीँ यस्तो नाजुक स्थिति पैदा हुन्छ कि दलबदल गर्ने सन्धर्भमा एउटा गधाको मूल्य करोडौं पुग्छ।

रवीन्द्रनाथ त्यागी :
व्यङ्ग्यानुवाद : आर.सी. रिजाल
प्रजातन्त्रको अभिप्राय हाम्रो त्यो सरकारसँग हुन्छ- जो गधाको हुन्छ र गधाको भलाईको लागि गधाद्वारा चलाइन्छ।
जनताको सेवा गर्न इच्छुक गधाहरुको यति धेरै लाम हुन्छ कि सरकार गठन गर्न चुनाव गराइन्छ। यस्तो चुनावमा कालो धनको अतिरिक्त रक्सी, गुन्डागर्दीको बेपत्ता प्रयोग हुन्छ।
चुनाव खासगरी पाँच वर्षपछि हुन्छ। चुनाव जितेपछि गधाहरुलाई नेता भनिन्छ। उ टोपी लाउँछ, सरकारी गाडी चढ्छ, सानदार भवनमा बस्छ। भ्रष्ट अधिकारीको सहयोगले आगामी चुनावको लागि पैसा जम्मा गर्छ।बाँकी समय देसको लागि कानुन बनाउने र सरकार चलाउने गर्छ।
जुन दलमा धेरै गधा हुन्छन् त्यही दलले सरकार बनाउँछ। यहि कारण कहिलेकाहीँ यस्तो नाजुक स्थिति पैदा हुन्छ कि दलबदल गर्ने सन्धर्भमा एउटा गधाको मूल्य करोडौं पुग्छ।
यत्रो रकम पाएपछि गधाले दलबदल नगरेर अरु के गरोस् त ?
०००
Subscribe
Login
0 Comments
Oldest