साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली काव्य (शृङ्खला १७)

केही सोच नयाँ र साथ रहने त्यस्तै पुराना जड । यी एकापस तालमेल नहुँदा सद्भावमा खाडल ॥ पर्दै छन् जनका सयौँ घरघरै छन् सोचमा भिन्नता । यस्तो खाडल पुर्नु पर्दछ छिटो खोजेर सम्भव्यता ॥

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

(वृद्धवृद्धाका सहरिया समस्या)

छाडी थातथलो, यता सहरमा बस्दै गरेकाजन ।
भन्छन् चित्त कुदेर पुग्दछ उतै सम्झेर पाखा वन ॥
फिर्ने छैन उपाय शक्ति सकियो काँप्दो छ आफ्नो तन ॥
हाम्रा वृद्ध सयौँजना सहरमा गर्छन् यही चिन्तन ॥८१॥

ठान्छन् जीवन यो न ता सहरिया या गाउँले नै भयो ।
पुग्दा वर्ष असी दसी सब गए के नै सुविस्ता भयो ॥
छोराले अघि बुझ्दथे सब कुरा आस्था पुरानो थियो ।
भार्याको पनि बात मान्नु छ यहाँ संस्कार नौलो भयो ॥८२॥

आफ्नो शक्ति घटेर गर्न नसके सन्तान हुन्थे घर ।
जिम्मा जे जति कार्य आदर गरी लिन्थे समाल्थे तर ॥
त्यस्तो आज रहेन छन् सहरिया हेर्दै सदा सौरभ
आयौँ बाध्य भई न थाम्न सकियो आफ्नो कुनै पौरख ॥८३॥

शिक्षाको गति न्यूनझैँ अघि हुँदा गर्दै सकेको श्रम ।
थामेको घरबार गौरव थियोे आफ्नै हुँदा हैकम ॥
डिग्रीमा परिपूणर् दक्ष अहिले सन्तान छन् तैपनि ।
देखिन्नन् अधिकांश वृद्धजनमा सन्तोष कादम्बिनी ॥८४॥

केही सोच नयाँ र साथ रहने त्यस्तै पुराना जड ।
यी एकापस तालमेल नहुँदा सद्भावमा खाडल ॥
पर्दै छन् जनका सयौँ घरघरै छन् सोचमा भिन्नता ।
यस्तो खाडल पुर्नु पर्दछ छिटो खोजेर सम्भव्यता ॥८५॥
(क्रमशः)

०००
२०८०/२/९
ताप्लेजुङ, हाल- काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x