साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेला

यो पासोमा हजुरबा परेकै हुन् बाउ त पासैमा मरेकै हुन् हामीलाई पासोमा पस्न के को आइतबार भो जे भो मेला चलाउनेलाई भो मेलामा तपाईंले के किन्नु भो ? मेलामै भेटेको मलाई चिन्नु भो ?

Nepal Telecom ad

भोलानाथ सुवेदी :

अचेल चोक चोकमा मेला छ
तपाईं हामी फस्ने बेला छ
पहिले झिँगाहरूले मेला गर्थे
अहिले डिँगाहरूले मेला गर्छन्
कहिले यताकाले गर्छन्
कहिले उताकाले गर्छन्
जसले गरे पनि
हाम्रो हात खाली हुने न हो
गोठालोलाई भैँसीले पाडो पाए नि
पाडी पाए नि बिगौती न हो
मेलामा
खुट्टो उचालेर तुर्काउने पनि आउँछन्
अगेनाको डिलमा बसेर दुध सुर्काउने पनि आउँछन्
सुत्केरीका लागि भाले रोज्ने पनि आउँछन्
किरिया बस्ने टाले खोज्ने पनि आउँछन्
बगैंचा मासेर आनन्द लिनेलाई
कागजको फूल बेचाउने पनि आउँछन्
घर जलाएर हातमा खरानी
थमाउने पनि आउँछन्
दाँत खुस्केकाहरू गिजा भर्न आउँछन्
आन्द्रा बटारिएकाहरू पिज्जा ठुस्न आउँछन्
चस्मा लगाएर पनि धमिलो देख्नेहरू
नाके डाँडीमा चस्मा पुर्‍याएर
आँखा सन्काउन आउँछन्
कोही लौरो टेक्दै आउँछन्
कोही आइफोन छेक्दै आउँछन्
परस्त्रीलाई अँगालो हालेर
रोगटे पिङ खेलाउन आउँछन्
गाडीमा गाँड हल्लाउँदै
थसुल्ले ज्यानको
ट्याटु देखाउन आउँछन्
चाकाचुली खेल्न आउँछन्
भ्यू टावर हेर्न आउँछन्
नानाभाँती भएर आउँछन्
खरानी काती दलेर आउँछन्
घुँडा र तिघ्रामा भ्वाङ परेको
पाइन्ट लगाएका आउँछन्
सिन्को भाँच्न नसक्नेहरू
नाइटो र ओठ छेडेर
मुन्द्रा लगाएर आउँछन्
आँखीभुइँ झिकेकाहरू
डन्डीफोर निचरेकाहरू
तारले दाँत कसेकाहरू
भालेको सिउर जस्तो
कपाल बनाएकाहरू
बिहान खाएको भात
टट्टीमा बिसाएर
मेला भर्न आउँछन्
कोही ठडिन आउँछन्
कोही घोप्टिन आउँछन्
कोही लम्पसार पर्छन्
कोही मरे झैँ गर्छन्
मेलामा आउनेहरू
देशलाई चुरोट ठान्छन्
र हामीलाई धुवाँ बनाएर उडाउँछन्
कोही चक्लेट ठानेर सुलुत्त निल्छन्
कोही चुइगम ठानेर चपाइरहन्छन्
र फुलाएर प्याट्ट फुटाउँछन्
हामीलाई बेकाम बनाएर उनीहरू
काम गरेको नाटक गर्छन्
मेलामा भैँसी पुज्नेहरू पनि छन्
गधा पोस्नेहरू पनि छन्
मेला यस्तै यस्तैले भर्छन्
कोही सट्टा बाजी गर्छन्
मेलामा
किन्ने र बेच्नेलाई पीर हुन्छ
उचाल्ने र थचार्नेको भीड हुन्छ
अनेकन् लिने पनि आउँछन्
अनेकन् दिने पनि आउँछन्
मुखबाट र्‍याल चुहाउँदै
सपना देखाउने पनि आउँछन्
हामी हाम्रा सपना बेचेर
उनीहरूलाई धनी बनाउँछौँ
उनीहरू हाम्रा सपना बेचेर
हामीलाई बिचौलिया बनाउँछन्
नाथे हामी बबुरालाई
मेला गजबै लागेको छ
विष पनि अमृत झैँ लागेको छ
रक्सी पनि पानी जस्तो लागेको छ
मेला पैसा धुत्नलाई चिप्लो बनेर आउँछ
कहिले अँगालो हाल्छ
गोजी छामेर चुप्प खान्छ
खर्च गराउँछ हिसाब असुल्छ
रङ्ग बदलेर पासो थाप्छ
यो पासोमा हजुरबा परेकै हुन्
बाउ त पासैमा मरेकै हुन्
हामीलाई पासोमा पस्न
के को आइतबार भो
जे भो मेला चलाउनेलाई भो
मेलामा तपाईंले के किन्नु भो ?
मेलामै भेटेको मलाई चिन्नु भो ?

०००
लिखु, ओखलढुङ्गा
सम्पर्क :- ९८४३०५४१६१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
लामखुट्टे लगार्न आउ

लामखुट्टे लगार्न आउ

भोलानाथ सुबेदी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x