साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वतन्त्रता

चुनावी वातावरण तातिँदै गएको थियोे । यसैबीचमा खरायो र मृगहरूले छुट्टै आमसभा गरि, जंगलमा हाम्रो पनि पूर्ण रूपमा हिस्सा छ । जंगल कसैको पेवा वा दाईजो हैन ।

Nepal Telecom ad

अन्जु शर्मा :

दरबारको जंगलमा हिजोआज चुनावको रौनक छ । पहिलेदेखि सिंहको मात्र एकलौटी शासन थियोे । सिंहको शासनदेखि रुष्ट बाघहरू हामी तिमीहरूको अण्डरमा सधैं बस्दैनौ चुनाव हुनपर्छ भनी उफ्रन थाले ।

चुनाव घोषणा भयो । चुनावमा बाघले सब भन्दा पहिले उम्मेदवारी दर्ता गरायो । सिंह झन के कम आफ्नो अधिकार कसैलाई दिने छैन भन्दै उसले पनि उमेदवारी दर्ता गरायो । यो जंगलमा अधिकार जति तिमीहरू को छ उति मेरो पनि छ भन्दै हुँडारले पनि उमेदवारी दर्ता गरायो ।

चुनावी वातावरण तातिँदै गएको थियोे । यसैबीचमा खरायो र मृगहरूले छुट्टै आमसभा गरि, जंगलमा हाम्रो पनि पूर्ण रूपमा हिस्सा छ । जंगल कसैको पेवा वा दाईजो हैन । हामीले पनि चुनावमा भाग लिन पाउनुपर्छ भन्ने मान्यताका साथ चुनावमा उमेदवारी घोषणा गरि स्वतन्त्रताको अनुभव गरे ।

माथि रूखमा बसेका चतुर कौवाहरू स्वतन्त्रताको नाममा यी मृग र खरायोको अस्तित्व धरापमा परेको भन्दै चिन्ता ब्यक्त गर्दै थिए । उसै समयमा गिद्धले केही दिनलाई सिकारको जोहो अरूले नै गर्दिएकोमा मुसुक्क मुस्काउँदै कागलाई चुप लगायो भनेर, लाटोकोसेराले आजको खुलामञ्चको आमसभामा जानकारी दियो ।

०००
रातोपुल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
भाउजूको बिहे

भाउजूको बिहे

अन्जु शर्मा
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x