टङ्कबहादुर आलेचार ठोक्तक
ए भुर्र चरी उडान कहाँसम्म मुस्कानको त्यो मैदान कहाँसम्म हरेक साँझ सुन्ने गर्छु रेडियो शहनाईको प्रीति गान कहाँसम्म ?

टङ्कबहादुर आलेमगर :
१.
अग्लेहरू अचेल मलाई डल्ले भन्छन्
श्रीमतीले राँकिदै सोधी कल्ले भन्छन्
पहिलो कर्मकाण्डी त तिम्रै बाउ हुन्
बाफरे जेठुसाला झनै चल्ले भन्छन् ।
२.
बदनले माग्दा सोच्न पर्ने मनले
वाक्कै भइयो भ्रष्ट शब्द व्यञ्जनले
नाङ्गो किट भोकै थिए आरानतिर
लोभी मुर्दावाद रे श्रमिक घनले ।
३.
ए भुर्र चरी उडान कहाँसम्म
मुस्कानको त्यो मैदान कहाँसम्म
हरेक साँझ सुन्ने गर्छु रेडियो
शहनाईको प्रीति गान कहाँसम्म ?
४.
पलाउन खोज्दै थिए, समस्याले सुकेका सिम्सार
त्यही भाका रेट्दै थिए, गाइने बा सारङ्गीका तार
हात्ती आयो हात्ती आयो फुस्सा थिए, जस्तै उता
यता मान्छे कराउँदै थिए, विश्वासको भयो हार ।
०००
त्रियुगा नगरपालिका- ११, उदयपुर
Subscribe
Login
0 Comments
Oldest






































