साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा होइन पितामह

चाहे छेकून् छिमेकीले हाम्रो तगारो चाहे हामीलाई परोस् जति सुकै गाह्रो हामी तयार छौँ अहोरात्र हाँस्नका लागि तपाईंका उखानहरूमा । हामी साथ दिन तयार छौँ ।

Nepal Telecom ad

निशान निष्कर्ष :

(सिस्नुपानी मकवानपुरले ०८० वैशाख २२ गते आयोजना गरेको हास्यव्यङ्ग्य  कविता प्रतियोगितामा उत्कृष्ट २५ मा छनाेट भएकाे कविता  हाे याे ।  छनोटमा परेका २५ वटै र सहभागी अन्य हास्यव्यङ्ग्य कविताहरू फित्कौलीले क्रमशः पोष्ट गर्ने छ । कृपया आआफ्नो तस्वीर info@fitkauli.com  मा यथाशीघ्र पठाउनु होला । -प्रधान सम्पादक)

बोकेर झोलाभरि आश्वासनको भारी
बा आउनुस्,
हामीलाई फेरि एउटा भ्रमको टोकरीमा खँदार्नुस्
हामी तपाईँलाई अब बा होइन
पितामह भन्छौँ ।

हे पितामह !
घर पुरानै होस्
आँगनमा खाल्डो नै परोस्
माथिल्लो बारीको घोचो आफै यसो पल्तिर सरोस्
तपाईं जानुपर्दैन बारीमा पाइला राख्न
तपाईँले सुम्सुम्याउनु पर्दैन आफ्नै जमिन पनि
अहो,
तपाईं खाटबाट तल झर्दा माटोले बिझाउँछ पैतालामा
तपाईँ काममा खटिनुभयो भने
कसले गर्छ गफ र हामी कहाँ पाउँछौँ
भ्रमित भएर रमाउन ?

तपाईंले हेर्नुभयो भने भुइँतिर निहुरिएर
झार पलाएको आँगनमा
दुख्न थाल्छ् तपाईँको गर्दन
शिरको महिमा खस्न सक्छ सन्तानको पोल्टामा ।
तपाईं त यो घरको नीतिबाट बाहिरको मान्छे ।
त्यसैले
फेरि पनि भन्छौँ,
हामी तपाईंलाई अब बा होइन
पितामह भन्छौँ ।

हे पितामह ! तपाईँ महादेव बन्नुस् वा अघोरी
हजुर नै हाम्रो भरोसाको बलियो डोरी,
तपाईंका कुनै कुरामा हामीलाई शङ्का छैन
यो घर तपाईंको गफ मात्रैले पनि चल्छ ।
तपाईं भएपछि त्यसै चुलोमा आगो नफुके पनि बल्छ ।
चाहे छेकून् छिमेकीले हाम्रो तगारो
चाहे हामीलाई परोस् जति सुकै गाह्रो
हामी तयार छौँ अहोरात्र हाँस्नका लागि
तपाईंका उखानहरूमा ।
हामी साथ दिन तयार छौँ
तपाईंका तीक्ष्ण वचनहरूमा ।

देख्न त देखेका छौँ,
तपाईंलाई दाइले अब बा बुढो हुनुभयो भन्नुभएको
हामीले सुन्न त सुनेका छौँ
बा अब अरूको इसारामा हिँड्नुभयो भनेको
हामीले भोगेका छौँ
तपाईं र तपाईंकै प्रिय साथीहरूले
घर, खेत र कुलो बेचेको
तर हामी तपाईंलाई नै विश्वास गर्छौँ
र दाइलाई भन्छौँ बाको विरुद्धमा चुइँक्क नबोल्न
गोप्य गोप्य सम्झौताका दसीहरू खोल्दै नखोल्न
किनकि
तपाईंलाई हामी बा होइन
पितामह भन्छौँ ।

०००
बारपाक सुलिकोट ८, गोरखा
सम्पर्क नं. : ९८५११८०३८५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुचुल्का

मुचुल्का

निशान निष्कर्ष
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x