साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुचुल्का

त्यही मुचुल्कालाई मानेर आधार देखाओस् मजदुरप्रतिको दायित्व सरकारले र मनाओस् मजदुर दिवसको उत्सव ।

Nepal Telecom ad

चाहनाको चाङमा
सल्काएर भूसको आगो
कता भौँतारियो अनुसन्धानको सुस्त गोरेटो ?
बिहानैबाट गाँइगुँइ चलेको हल्ला
बतासले उडाएर लान सकेको छैन
प्रहरीको अनुसन्धान केन्द्रमा ।

लडिरहेछ आवाजविहीनको धड्कनरहित अस्तित्व
सडककिनारमा ।
यतै बोकिहिँड्थ्यो
जीवनका भारीहरु हरक्षण
र तान्न खोजिरहन्थ्यो सुखको सुस्केरा ।

लाग्थ्यो कहिल्यै बगेन
उसको रगतमा र विचारमा प्रवाहको परिकल्पना
कहिल्यै देखिएन अत्यासको आँसु
र कहीँ भेटिएन
उसको भाग्यरेखामा पहिचानको पगरी ।

तागाधारीको बिल्ला भिराउन
कहिल्यै देखिएन जनैको डोरो
झल्लरी कमिजको सहारामा ।
मंयोलियन भनूँ भने
चुच्चो नाकको विरुद्ध छ नियम ।

दलितको सीमारेखामा बाँध्नु अपराध ठहरिन्छ
उसको जीवनरेखालाई;
उसले बोकेको छ
महाजनहरुको दुःखलाई आफ्नो थाप्लोमा
र सजिएका छन् धेरैका सपनाहरु ।

कुन कोप्चाबाट निस्किएर आइपुग्यो
एउटा अनाम मान्छे सहरको रहरमा रुमलिन ?
कसैले सोध्न भ्याएनन्
उसको पहिचानको पत्यारिलो जवाफ
र फुक्दै हिँडेन व्यापारको विज्ञापनझैँ
उसले पनि ।

कतै उसले
पसिनामा पखालेर त बगाएन
आफ्नाहरुको सम्झना ?
कतै
पिठ्युँमा सापो हालेर त
च्यातिएको हैन उसको नागरिकता ?
कतै
खोसिएपछि लालपूर्जा
मुखियाको हातबाट
बिर्सेको हो कि पहिलो पाइला टेकेको माटो ?

सहरमा भाग्य खोज्न
मनजस्तै धुजाधुजा कमिज
कहिल्यै फेरिएको देखिएन
उसको भाग्यजस्तै ।

ओ लेखक आऊ र उठाऊ
यो मृत मजदुरको मुचुल्का
थमाइदेऊ सरकारको हातमा
त्यही मुचुल्कालाई मानेर आधार
देखाओस् मजदुरप्रतिको दायित्व सरकारले
र मनाओस् मजदुर दिवसको उत्सव ।

तन्द्राङ, गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बा होइन पितामह

बा होइन पितामह

निशान निष्कर्ष
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x