साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रमिक

फलतः अन्तर्राष्ट्रिय मजदुर कानुन लागू गरे र गराए । आज मे १ का दिन सबै मजदुरले छुट्टी पाए ।

Nepal Telecom ad

‘आज चाहिँ सास फेर्न पाइयो है ।’ चोक्टाकाजीले लामो सास फेर्दै भने ।
नाम त उनको काजी थियो । अझै पनि उनका बाबुआमाले ‘काजी’ भनेर नै बोलाउँछन् । श्रीरामकहाँ हली बस्न थालेदेखि उनलाई ‘पाजी’ भनेर बोलाउन थाले । बहुदलकालसम्म उनी मन खुम्च्याएर बसेका थिए । गणतन्त्र भित्रेपछि भने असन्तोषी मन देखाइदिए । उनलाई ‘पाजी’ भन्न छाडियो । धनीका दिन सकिए र गरिबका दिन आए भनियो ।

गाह्रो लागे पनि नबोलाई नहुनेले उनलाई ‘काजी’ भनेर बोलाउन थाले । दरिद्रनायकलाई ‘काजी’ भन्न पर्‍यो भन्न थाले ।

एक दिन खै के घटना भयो । श्रीरामका दलानमा पञ्चायती बस्यो । छोराले लगाएको सुनको टप काजीले नै चोरेको आरोप लगाए । परिबन्दमा पारेर आरोप सत्यमा परिणत गर्न खोजियो । त्यस घटनापछि उनलाई ‘चोरकाजी’ भन्न थालियो । पछिपछि अपभ्रंश गरेर ‘चोक्टाकाजी’ भन्न थालियो ।

उनी जस्तै गाउँठाउँका मजदुरहरूले गोष्ठी गरे । ८/८ घण्टा काम, मनोरञ्जन र आरामको सिद्धान्त बारे भोगाइहरू सुने र सुनाए । मालिकहरू मजदुर एकताबाट डराए । फलतः अन्तर्राष्ट्रिय मजदुर कानुन लागू गरे र गराए । आज मे १ का दिन सबै मजदुरले छुट्टी पाए ।

अचेल उनलाई ‘काजी’ शब्दसँग हैन ‘श्रमिक’ शब्दसँग प्रेम परेको छ । त्यसैले चोक्टाकाजी भन्ने गर्छन्; ‘गरेर खान पाए पुग्यो । दुनियाँको खुनपसिना चुसेर पापको भारी बोक्न नपरोस् ।’

२०७९-०१-१८
कञ्चनरूप-१२, सप्तरी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिऊ

बिऊ

लक्ष्मी रिजाल
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
उचाइ

उचाइ

लक्ष्मी रिजाल
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x