साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँदरको जित

उचाल्ने, पछार्ने र थेचार्ने काम हुँदाहुँदै परिणाम नपत्याउने खोलाले स्वाट्टै हात पार्यो ।

Nepal Telecom ad

-यो जित कसको ?
-बाँदरको ।
-हामीलाई बाँदर !
-चाहिन्छ, चाहिन्छ !
-बाँदरविना गाउँठाउँको विकास !
-हुँदै, भएन ।

झल्लुराम मरन्च्याँसे घोडामा बसेको थियो । अगाडिपछाडि कार्यकर्ताहरू एकोहोरो नारा लगाइरहेका थिए । बाटो उकालोओरालो थियो ।

निकै हिँडेपछि एउटा कार्यकर्ताले भन्यो; ‘झल्लुराम नेताजी, नारा लाउँदा र उकालोओरालो गर्दा घाँटी पनि सुक्यो, पेट पनि खुम्च्यो । उपायको भोटे कुकुर अहिलेसम्म खै फुक्यो ?’

‘जोर माउ बुढी बाख्री बेचेको पैसो छउँन्जेल खाओ । अमृतपानी पिउन चाहिँ पुग्दैन । कुरा बुझ । जितिएछ भने चैँ बुढीसँग मागूँला अनि पेटभरि दानापानी खाउला ।’ झल्लुरामले कार्यकर्तालाई आश्वस्त पार्‍यो ।

अन्ततः चुनाव सकियो । मत गणनामा पार्टीका उम्मेद्वार, गठबन्धन उम्मेद्वार र बागी उम्मेद्वार बीच घमासन भिडन्त हुँदै थियो । उचाल्ने, पछार्ने र थेचार्ने काम हुँदाहुँदै परिणाम नपत्याउने खोलाले स्वाट्टै हात पार्यो ।

यसरी खाउची गाउँपालिका अध्यक्ष पद झल्लुरामको पोल्टामा पर्‍यो । गाउँकै केटो काम गर्ने नजिकैको सहरबाट निस्कने पत्रिकामा छापिएको खबरको शीर्षक थियो- खाउची गाउँपालिकामा बाँदरको जित ।

२०७९-०१-२५

कञ्चनरुप-१२, प्रगतिटोल, रुपनगर, सप्तरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
उचाइ

उचाइ

लक्ष्मी रिजाल
भाषण र भान्सा

भाषण र भान्सा

लक्ष्मी रिजाल
जागरणको घण्टी

जागरणको घण्टी

लक्ष्मी रिजाल
छायाको आवाज

छायाको आवाज

लक्ष्मी रिजाल
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x