साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विकास तिमी नआऊ

मान्छे हावासँग डराइरहेछ मान्छे आफैसँग डराइरहेछ डरैडरमा मान्छे जिउँदै मरिरहेछ ।

Nepal Telecom ad

विकास तिमी आउनु पर्छ
सभ्य संयम र भव्य रुपमा
विना तिमी के पो छ यो युगमा
लामबद्ध छन् आत्मा
फाटेका पाइतला
डामिएका पिठ्यूँ
र गहिरिएका तालुहरू
तिम्रो स्वागतमा
तर
तिम्रो रौद्ररुपले
आश होइन त्रास फैलिएको छ
भोक होइन भोजन लुटेको छ
खास होइन बास उडेको छ
जिउँदै मनहरू मरिसके
भावनाहरू बसाइ सरिसके

चालकको इन्जिनियरिङमा
डोजरका आततायी नङ्ग्राले
धर्तिको छालामाथिको रजाइले
बोटहरूका जरा नशा छियाछिया
ढुङ्गाहरूको बेजोड गतिको
आक्रोशपूर्ण दौढ प्रतियोगिता
माटोको स्थानान्तरणले
समुद्र उठेको छ
कहीं कतै पृथ्वीको आकार फेरिएको छ
मेरो हिमाल फुटेको छ
हिउँ लुटेको छ
पहाडमा दरदर दरारहरू दर्किएका छन्
तराई डुबेको छ
हो, साँच्चै मेरो देश बगर बनेको छ

अन्जानहरू नियतिको खेल भन्छन्
नियतिसँगै साइनो गाँस्छन्
नियतिमै समर्पित हुन्छन्
आफ्नो अवशानको साक्षी बसिरहेछन् बसिरहेछन्

जानकारहरू नियतको खेल देख्छन्
नियत विरुद्ध लेख्छन्
नियतको शंकाको निवारण खोज्छन्
अलि टाढाबाट
सल्लाहको भूमिका खेल्छन्
बस्, निरिहताको प्रमाण

उपबुज्रुकहरू नेतृत्व गर्छन्
डोजर किन्छन्
ओछ्यानबाट अनिन्द्रामा दृष्य सर्वे गर्छन्
स्वामित्वको डोजरलाई रछ्यानबाट आदेश दिन्छन्
अनिष्टताको नक्सामा रमाउछन्


मान्छे ऋतुसँग डराइरहेछ
मान्छे बर्खासँग डराइरहेछ
मान्छे हिउँदसँग डराइरहेछ
मान्छे गर्मीसँग डराइरहेछ
मान्छे जाडोसँग डराइरहेछ
मान्छे हिउँसँग डराइरहेछ
मान्छे हावासँग डराइरहेछ
मान्छे आफैसँग डराइरहेछ
डरैडरमा मान्छे जिउँदै मरिरहेछ ।

किनकि विकास
तिमी बेसिजनमा आउँछौ
तिमी बेतालमा आउँछौ
तिमी लहडमा आउँछौ

हो,
विकास अति भो
यही नियतमा
यही रुपमा
फेरि नआऊ है ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x