साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेषजको ४८ औं शृङ्खला शुभकामना विशेष

प्रत्याशीहरूलाई एकै ठाउँमा उपस्थित गराएर दिएको कवितात्मक शुभकामना अत्यन्तै नौलो र प्रभावकारी ।

Nepal Telecom ad

भेषजराज साहित्य प्रतिष्ठानले शनिबार वालिङ नगरपालिकाको सभाहलमा स्थानीय तहको निर्वाचनमा वालिङ नगरपालिकाको नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू र वडा सदस्यका सबै दलका र स्वतन्त्र प्रत्याशी उमेदवारहरूलाई सफलताको शुभकामना प्रदान गरेको छ ।

प्रतिष्ठानको नियमित रचनावाचनको ४८ औँ शृङ्खलाका साथमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद माननीय मोहन रेग्मीले सबै दलका सबै पदका प्रत्याशीहरूलाई एकै ठाउँमा उपस्थित गराएर दिएको कवितात्मक शुभकामना अत्यन्तै नौलो र प्रभावकारी रहेको कुरा व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्रष्टाहरू सह प्राध्यापक टीकाभवानी खनाल, डा.रघुनन्दन बद्रीनाथ, इन्जिनियर अभिषेक गान्धी, शिक्षिका लक्ष्मी अधिकारी, कवयित्री दमकुमारी बगाले, कविहरू सीताराम अधिकारी, लेखनाथ काफ्ले, कमल बगाले, शम्भु अर्याल, बोधराज न्यौपाने, शान्ता थापा यमकान्त खनाललगायतले समसामयिक सन्दर्भलाई समेत समेटेका शुभकामनात्मक कविताहरू वाचन गरेर प्रत्याशी उमेदवारहरूलाई शुभकामना दिनुभयो ।

कार्यक्रममा मेयरका प्रत्याशी दिलीपप्रताप खाँण, वडाध्यक्षका प्रत्यासीहरु जगन्नाथ पंगेनी, कमल सुवेदी, दामोदर तिवारी, वडा सदस्यका प्रत्याशी चोलाकान्त अर्याल लगायतको उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका सल्लाहकार डा. अच्युतशरण अर्यालले गर्नुभएको थियो भने सञ्चालन प्रतिष्ठानका सचिव श्यामप्रसाद ढुङ्गानाले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष विष्णुप्रसाद अर्याल र धन्यवाद ज्ञापन सदस्य दीपक लम्सालले गर्नुभएको थियो ।

– श्याम ढुङ्गाना

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x