साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘साहित्यकार तेराख प्रतिष्ठान’ को सम्मान तथा पुरस्कार

‘साहित्यकार तेराख प्रतिष्ठान’ धुलाबारीको सम्मान तथा पुरस्कार अर्पण कार्यक्रम सम्पन्न भएको छ ।

Nepal Telecom ad

झापा, ०७९बैशाख २३ । ‘साहित्यकार तेराख प्रतिष्ठान’ धुलाबारीको सम्मान तथा पुरस्कार अर्पण कार्यक्रम सम्पन्न भएको छ ।

मुना राना तथा जय भण्डारीले वडो राम्ररी सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता तेराख प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेलले तथा प्रमुख आतिथ्य नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य डा.देवी नेपालले गर्नुभएको थियो । प्राज्ञ सभासद सुभद्रा भट्टराई, कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, तेराख प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडा, सिलगढीका साहित्यकार ज्ञानेन्द्र खतिवडा, सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेल, आज पुरस्कृत हुने व्यक्तित्व कालुसिंह रनपहेली, किसान धनबहादुर श्रेष्ठ, खरसाङ रेडियोमा रेडियोकर्मी उषाकिरण ‘सत्यदर्शी’लाई मञ्चमा आसिन गराइयो ।

आसाम तथा बङ्गालका साहित्यकारहरु डा.विजय रुचाल, डा.शुकराज दियाली, मेघबहादुर रुचाल, लीलबहादुर सुनार, जीतबहादुर सुनार, एकेडेमी पुरस्कार प्राप्त मोहन ठकुरी, भविलाल लामिछाने, हेमन्त काफ्ले, अजम प्रधान, नेपाली साहित्यकारहरु साहित्य कला संगमका अध्यक्ष नरपति पाण्डे, सर्जक मञ्च झापाका अध्यक्ष लीला अनमोल, सासंक धुलाबारीका अध्यक्ष छविलाल खतिवडा, त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी, तुलसीप्रसाद भट्टराई, मातृका संग्रौला, भानुभक्त कुभिण्डेली, टङ्क विकल्प, शिरो सान्दाइ, हरिप्रसाद रिमाल, परशुराम तिमसिना, कृष्णप्रकाश सुमार्गी, इन्दिरा कुसुम, मिना अधिकारी, नदी भट्टराई (इलाम), मोक्ष खतिवडा, नाट्कर्मी केसाङ लामा, टीका चापागाईं, लक्ष्मीअच्युत ढुङ्गाना, दुर्गाप्रसाद सिग्देल, चित्रा पौडेल, हेमकुमार खड्का, एनवी दाहाल आदिलाई अग्रासनमा आसन ग्रहण गराएर सुरु भएको कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष सुशीला दाहाल खतिवडाले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा हिजोअस्ति नै सम्पन्न भएको प्रतियोगितात्मक निबन्ध गोष्ठीमा प्रथम, दोस्रो, तेस्रो तथा सान्त्वना भएका विभिन्न विद्यालयका विद्यार्थीलाई प्रमाणपत्र र रु ३५०० देखि रु १५०० सम्म नगद पुरस्कार प्रदान गरिएको थियो ।
यस्तैगरी कीटनाशक प्रयोग नगरी घरायसी मलखादबाट खेती गर्ने उत्कृष्ट कृषक धनबहादुर श्रेष्ठलाई मधुसूदन किसान पुरस्कार स्वरुप रु १५,०००।- र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो भने भारत सिलगढीका स्रष्टा प्रसिद्ध साहित्यकार कालुसिंह रनपहेलीलाई देवकोटा स्मृति साहित्य पुरस्कार स्वरुप रु ३५,०००।- तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा लीलबहादुर सुनार, मोहन ठकुरी, नदी भट्टराई, जीतबहादुर सुनार, भविलाल लामिछाने, टङ्क विकल्प, चित्रा पौडेल, उषाकिरण ‘सत्यदर्शी’, भीम कुँवर, देवीप्रसाद मिश्रले कविता सुनाउनुभयो भने प्रमुख अतिथि डा.देवी नेपाल, पुरस्कृत व्यक्तित्व कालुसिंह रनपहेली, पुण्यप्रसाद खरेल, चन्द्र भण्डारी, ज्ञानेन्द्र खतिवडा, तेराखका ज्वाइँ नगेन्द्र भट्टराईले मन्तव्य व्यक्त गर्नुभयो ।

अध्यक्ष शिवकुमार पौडेलले तेराखको संक्षिप्त जीवनी-परिचय दिएर सुरु भएको कार्यक्रम प्रमुख अतिथि तथा अतिथिलाई महत्वपूणर् मायाको चिनो प्रदान गरी अध्यक्षद्वारा धन्यवाद सहित कार्यक्रम समापन भएको थियो । डेढसय भन्दा बढी साहित्यकार तथा साहित्यानुरागीहरू उपस्थित रहेको यो कार्यक्रम भव्यरुपमा सम्पन्न भएको थियो ।

-झापाबाट पुण्य खरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x