साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दिन्छ माला उनेर ?

रफ-गफ-कफ बोकी, नाच्न थाल्यो चुनाब । खल-कल बनियाँका, हातमा छन् मशाल ।।

Nepal Telecom ad

चरम गरम जित्दै, भाउ आकाश चुम्छ ।
जमिन सिरू अँगेरी, झार हाँसेर फुल्छ ।।
दलहन तरकारी धान कोदो हरायो ।
कति दिन किनिखाने, भोक उग्रै करायो ।। १।।

लसुन सुनसरी भो, साग खागै समान ।
मितितिथि सकिएका, प्याक पुग्दैछ गाम ।।
भुटन र मसला वा, खाद्यका चीजबीज ।
सगरशिर चढेरै, पार्न थाले अधीर ।।२।।

सडक सकस खाल्टा, गन्दगी नाक फोर्ने ।
कति दिन महलाले, तुण्ड हाम्रा सुमर्ने ??
कसिगर सडकैमा, श्वानका शौच चल्छन् ।
सडक पसल बन्दा यात्रु धौ-धौ छिचोल्छन् ।। ३।।

कमिसन घुसखोरी, तस्करी चल्छ हौसी ।
जति पनि गबुवाले, खान्छ मासु र रौसी ।।
समय कति गए खै, छैन उद्योगशाला ।
मुलुक जन अँध्यारा, दीप्त मन्त्री र साला ।।४।।

रफ-गफ-कफ बोकी, नाच्न थाल्यो चुनाब ।
खल-कल बनियाँका, हातमा छन् मशाल ।।
नव युवक युवाका, जोसिला रक्त बेची ।
कति दिन भुँडी भर्ने, देश-अस्तित्व चेपी ।। ५।।

सुमधुर धुन छर्ने, घोषणा – पत्र खोक्रा ।
जनजन किन बाँड्छौ, धूर्त बोक्रा र छोक्रा ।।
दल विदल बनायौ, स्वार्थ गाँठो बुनेर ।
अब पनि जनताले दिन्छ माला उनेर ।।६।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
चम्चा र बुँख्याचा

चम्चा र बुँख्याचा

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जति लुट्न पनि फ्रिडम, नेपालको तेल निगम !

जति लुट्न पनि फ्रिडम,...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हाम्रो पौरख

हाम्रो पौरख

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x