साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म मजदुर

त्यो सपना जसमा मिसिएको छ- अंशअंश बाआमाको उदासी जीवन छोराछोरीको सुकुमार मुस्कान श्रीमतीको अधुरो रहर र, आफ्नै ओसिलो पसिनाको सुगन्ध ।

Nepal Telecom ad

मालिकहरू भन्छन्,
म जन्मदै खोटो जन्मियो रे मेरो भाग्य
फेरि उनीहरू नै सुनाउँछन्,
मेरै काँधमा अडिन्छ रे देशको भविष्य
खै कुन्नि के हो !
खाली पेट बोकिरहेछु भारी
म मजदुर
मेरा आँखामा
झलझली नाचिरहन्छन् भोका सपना ।
सायद,
रातभरि जागा बस्दा थाकेका
र, लखतरान परेर पिल्पिलाएका
ताराहरू विश्रामकक्षमा गए होलान्
सायद,
दिनभरिको यात्रा तयारीका लागि
केहीबेर सुस्ताएको घाम पनि
जुर्मुराउँदै सुस्तरी उठ्न खोज्दै होला
सायद,
रातभरिको बिछोडले रन्थनिएको आकाश
धर्तीको लालीमा देखेर अधीर बनेपछि
मुस्कुराउँदै कपासी घुम्टो उठाउन खोज्दै होला ।
ठीक यति नै बेला
झरेका ताराहरूको पदचाप पछ्याउँदै
आकाशमै बिलाउने जूनलाई बिदाइ गर्न
घामभन्दा पहिल्यै उठ्नु छ मैले
र, निस्कनु छ यात्रामा;
घामभन्दा अघि अघि लागेर
फन्को मार्दै धर्ती र आकाश
पूरा गर्नु छ मैले
कहिल्यै नटुङ्गिने सपनाको घोडेदौड
त्यो सपना
जसमा मिसिएको छ- अंशअंश
बाआमाको उदासी जीवन
छोराछोरीको सुकुमार मुस्कान
श्रीमतीको अधुरो रहर
र, आफ्नै ओसिलो पसिनाको सुगन्ध ।

मान्छेभित्र मान्छेको अनुहार खोज्दै
मरुभूमिका अनकन्टार बगरहरूमा हराएँ
महासागरका निर्जन टापुहरूमा बिलाएँ
र, बिलाएँ कङ्क्रिटका सहरहरूमा
मेरो तागत जोरिएर कति पहाड बने कुन्नि
मेरो पसिना मिसिएर कति नदी बगे कुन्नि
मेरो रगत मुछिएर कति रङ्ग बने कुन्नि
आजभोलि
मान्छे पनि दुरुस्त मेसिनजस्ता देख्छु
मेरा सपनाहरू तिनै मेसिनभित्र बिलाए
मालिकहरू भन्छन्,
म जन्मदै खोटो जन्मियो रे मेरो भाग्य
उनीहरू नै सुनाउँछन्,
मेरै काँधमा अडिन्छ रे देशको भविष्य
खै कुन्नि के हो !
खाली पेट बोकिरहेछु भारी
म मजदुर
मेरा आँखामा
झलझली नाचिरहन्छन् भोका सपना ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अग्नि उत्सव

अग्नि उत्सव

भावकेशर बराल
बुद्ध र आगो

बुद्ध र आगो

भावकेशर बराल
मायाको बिस्कुन

मायाको बिस्कुन

भावकेशर बराल
शहीदलाई प्रश्न

शहीदलाई प्रश्न

भावकेशर बराल
आउनुभो यस बस्तीमा ?

आउनुभो यस बस्तीमा ?

भावकेशर बराल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x