सुलसुलेसिस्नुपानी नेपाललाई सिद्धिचरण पुरस्कार
हरेक वर्ष तिहारको अवसरमा सिस्नुपानी नेपालले आयोजना गर्दै आएको हास्यव्यङ्ग्यात्मक सिस्नुपानी देउसी सर्वाधिक लोकप्रिय हुने गरेको छ ।

हास्यव्यङ्ग्यको क्षेत्रमा क्रियाशील संस्था सिस्नुपानी नेपाललाई यस वर्षको ‘युगकवि सिद्धिचरण पुरस्कार’ प्रदान गर्ने घोषणा गरिएको छ ।
युगकवि सिद्धिचरण प्रतिष्ठानका प्रवक्ता रामबाबु सुवेदीले जारी गरेको विज्ञप्ति जारि गरेर उक्त पुरस्कार सिस्नुपानी नेपाललाई प्रदान गरिने जानकारी दिनुभएको हो । प्रतिष्ठानका अध्यक्ष श्री वैरागी काइँलाको अध्यक्षतामा बसेको बैठकले यो निणर्य गरेको जानकारी दिइएको छ ।
२०५५ सालमा स्थापित भएको सिस्नुपानी नेपालले हास्यव्यङ्ग्यपूर्ण विभिन्न कार्यक्रमहरू आयोजना गर्दै नेपाली समाजमा व्याप्त सबैखालका विकृति र विसङ्गतिमाथि तिब्र र मनोरञ्जक प्रहार गर्दैआएको छ । हरेक वर्ष तिहारको अवसरमा सिस्नुपानी नेपालले आयोजना गर्दै आएको हास्यव्यङ्ग्यात्मक सिस्नुपानी देउसी सर्वाधिक लोकप्रिय हुने गरेको छ ।
सिद्धिचरण प्रतिष्ठानको सोही बैठकले गत तीन वर्षको सिद्धिचरण पत्रकारिता पुरस्कार पनि घोषणा गरेको छ ।
पत्रकारिता पुरस्कारले ओखलढुङ्गाका पत्रकार गजुरधन राई, भोजपुरका पारसप्रकाश नेपाल र काठमाडौमा रहेका लहना मिडियालाई पुरस्कृत गरिने भएको छ । पुरस्कारको छनौट डा. मोहन लोहनीको संयोजकत्वमा कवि शैलेन्द्र साकार र रामबाबु सुवेदी सदस्य रहेको समितिले गरेको थियो ।
उक्त पुरस्कारहरू आगामी जेठ ९ गते विशेष समारोहको आयोजन गरिमा प्रदान गरिने कुरा पनि विज्ञप्तिमा जनाइएको छ ।
Subscribe
Login
0 Comments
Oldest












































