साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो नेपाल

सोझा खाडीमा बाङ्गा गाडीमा घिउ पोखिने आफ्नै थाल थालमा तातो दालको ताल त्यही ताल हो हाम्रो नेपाल ।

Nepal Telecom ad

हत्तेरी, चुनावकै मुख पारेर
विदेश छिरे युवाको बगाल
वृद्धवृद्धा ऐया आत्था
छाम्दै दुख्दै हाम्रो नेपाल ।

उहिलेका कुरा खुइली गए
दलपिच्छे विचार फालाफाल
सोच्दा सोच्दै खुइल्यो कपाल
खुइले तालु नहोस् नेपाल ।

गरीबको घरमा छाना छैन
भ्यू टावरमा घिरौंलाको झाल
मान्छेलाई तुइन, बाँदरलाई पुल
जङ्गली युग भो हाम्रो नेपाल ?

रेमिट्यान्स पहिल्यै लाश आउँदा
सन्तान तिनका कसले पाल
जग्गा जति साहुको कब्जामा
नमज्जाको हाम्रो नेपाल ।

लात्ती खाने कुकुर फलैँचामा
बिजुलीको खम्बामा खुट्टा उचाल्
बगरमा प्लटिङ खोलालाई डुँड
डोजरको सुँड बन्यो हाम्रो नेपाल !

सहीदको सपना पूरा गर्छु
चुनावअघि भेटघाट जाल
ढाँट्ने, छल्ने जिति जाने
मौलिक पद्धति हाम्रो नेपाल ।

जग्गा बाँझो राखे कारबाही छ
पाइन्नँ बेलामा रासायानिक मल
झन् जति ताछ्यो झन् उति ठूलो
कति अप्ठेरो हाम्रो नेपाल ।

मुद्दाको इन्साफ भीडले दिने
बुझिनसक्नुको इन्द्रजाल
आँखाको बदला आँखै झिक्ने
जङ्गली न्याय हाम्रो नेपाल ।

सोझा खाडीमा बाङ्गा गाडीमा
घिउ पोखिने आफ्नै थाल
थालमा तातो दालको ताल
त्यही ताल हो हाम्रो नेपाल ।

योजना झोलामा बजेट खोलामा
खानु नपरोस् यस्तो गाल
वन, धन स्वाहा गुहार गुहार
कालोबजारी नहोस् नेपाल ।

सिल्लिपनको सिरप नबन्दा
धुत्र्याईँमा छ खुब वाचाल
मृतक नै हत्यारा, बेपत्ते नै चोर
सुन पक्रिँदा पित्तल नेपाल ।

सेवाग्राहीको खुशी खोसेर
कर्मचारी नबनोस् मालामाल
कागज कोरम पुगेर पनि
सर्भर डाउन नहोस् नेपाल ।

(गोकर्णेश्वर नगरपालिकाद्वारा ०७८ चैत १८ मा आयोजित राष्ट्रिय हास्यव्यङ्ग्य कविता प्रतियोगितामा तेश्रो स्थान प्राप्त ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x