साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इमानी मतदाता

मेरो लङ्गौटिया यारले भन्यो; ‘यस युवकको बोली फेर्न मात्रै २ लाख खर्च भएको छ ।

Nepal Telecom ad

मेयर चुनावमा उठ्नुअघि युवकको बोली
-त्यसले ५ वर्षमा नगरलाई के दियो र हामीले मत दिने ?
-आफू र आफन्तलाई उकास्न बाहेक वरको सिन्को पर पनि सारेन ।
-मेरो नगरपालिकाको पूर्वमेयर भनेर यसलाई चिनाउनमा घिन लाग्छ ।
-स्थानीय सरकार गन्हाउनुको मुख्य कारण यो मेयर पनि एक हो ।
-यस पटक चुनाबमा उठे उसैका परिवारजन बाहेक कसैबाट भोट पाउँदैन ।
-पाँच वर्ष यसले जनतालाई थाङ्नामा सुतायो; अब चुनावमा जनताले सुताउँछन् ।

मेयर चुनावमा उठेपछि त्यही युवकको बोली
-यो मेयर जत्तिको भरपर्दो अर्को उठ्दै उठेन ।
-मेयरले घरघर पुगेर सामलखाजा जनताको भाँडामा हाल्दिने होइन । विकास न पुर्‍याउने हो ।
-यस मेयरले यस पाला पनि जित्छ । आखिरमा जनताको मार्का बुझेको छ । म गर्छु भन्दै छ । आशा र भरोसाको प्रकाश छर्दै छ । काम गर्दा हुने कमजोरी बुझेको हुन्छ । नयाँले विकासको ढोका चिन्नमै समय विताउँछ । विकास केको गथ्र्यो ?
-६०० जनालाई नगरपालिकामा जागिर दिएको छ । तिनका परिवारमा ५ भोटका दरले भए पनि ३ हजार अवश्य पाउँछ । निश्चित जित्छ । द्विविधा नलिई आफ्नो भोटलाई मूल्यवान बनाए हुन्छ ।

युवकले बोली फेरेकोमा म छक्क परेँ । त्यसको कारण खुलाउँदै मेरो लङ्गौटिया यारले भन्यो; ‘यस युवकको बोली फेर्न मात्रै २ लाख खर्च भएको छ । पकेट गरम छउँजेल मेयरको भजन गाउनमा कन्जुस्याइँ गर्दैन । निःसन्देह युवक इमान्दार छ ।’

२०७९-०१-१७
सिद्धार्थटोल, उदयपुर । हाल- सिर्जना कुटी, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x