
जिन्दावाद र मुर्दावाद !!
खाएपछि विजय र्याली शुरुआत भयो । जिन्दावाद र मुर्दावादका नारा मासुभात सरह हाप र झाप गर्दै निस्कन थाले ।

जहाजै डुब्ला भन्ठान्दै एक जोडी दम्पती ताकेको गन्तव्यतिर लम्कँदा थिए ।
“भोको पेट हामी कता जाँदै छौँ ?” पत्नीको मलीन सवाल थियोे ।
“त्यही भोकको ओखती लिन ।” पतिको सटीक जवाफ फर्कियो ।
“जे लिनुछ एक्लै लिँदा भइगो नि !” पत्नीलाई वाक्क लागेको भाव सुनियो ।
“एक्लैले एउटा पेट मात्रै भरिन्छ । दोक्लै भए एक पेटमाथि अर्को थपिन्छ । फेरि महङ्गो समयमा सित्तैमा मासुभात हसुर्ने अवसर कसले गुमाउँछ र !” पतिको कन्जुरी रोग छर्लङ्ग देखियो ।
“छोरो भोकायो होला । पेटभरि दूध चुसाउन पनि पाइनँ । पाखुरामा समाएर तानेको तान्यै गर्नुभयो । केके न होला भनेर सासूको काखमा छोरो राखेर तपाईंको पछि लागेकी त यसैका लागि पो रहेछ । म फर्कन्छु ।” पत्नीको असन्तुष्टि सुनियो ।
“फर्कन नै आएका हौँ । क्षुधा मेटेर फर्कने ।” पति कथन निस्कियो । पतिको करचापले पत्नीले खाना खाइन् । खाना हेर्दै स्वादिलो र बासनादार थियोे । सबैले उत्तम मानेर खाए । तर पत्नीको लागि स्वाद र सुवास हराएको खाना लाग्यो ।
खाएपछि विजय र्याली शुरुआत भयो । जिन्दावाद र मुर्दावादका नारा मासुभात सरह हाप र झाप गर्दै निस्कन थाले ।
पत्नीलाई भने काखे र दूधे भोको छोरो सम्झेर अघि खाएको मासुभात छादेर हिँडिदिऊँ जस्तो लाग्यो ।
२०७९/०१/३० रूपनगर, सप्तरी ।
Subscribe
Login
0 Comments
Oldest