साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिन्दावाद र मुर्दावाद !!

खाएपछि विजय र्याली शुरुआत भयो । जिन्दावाद र मुर्दावादका नारा मासुभात सरह हाप र झाप गर्दै निस्कन थाले ।

Nepal Telecom ad

जहाजै डुब्ला भन्ठान्दै एक जोडी दम्पती ताकेको गन्तव्यतिर लम्कँदा थिए ।

“भोको पेट हामी कता जाँदै छौँ ?” पत्नीको मलीन सवाल थियोे ।

“त्यही भोकको ओखती लिन ।” पतिको सटीक जवाफ फर्कियो ।

“जे लिनुछ एक्लै लिँदा भइगो नि !” पत्नीलाई वाक्क लागेको भाव सुनियो ।

“एक्लैले एउटा पेट मात्रै भरिन्छ । दोक्लै भए एक पेटमाथि अर्को थपिन्छ । फेरि महङ्गो समयमा सित्तैमा मासुभात हसुर्ने अवसर कसले गुमाउँछ र !” पतिको कन्जुरी रोग छर्लङ्ग देखियो ।

“छोरो भोकायो होला । पेटभरि दूध चुसाउन पनि पाइनँ । पाखुरामा समाएर तानेको तान्यै गर्नुभयो । केके न होला भनेर सासूको काखमा छोरो राखेर तपाईंको पछि लागेकी त यसैका लागि पो रहेछ । म फर्कन्छु ।” पत्नीको असन्तुष्टि सुनियो ।

“फर्कन नै आएका हौँ । क्षुधा मेटेर फर्कने ।” पति कथन निस्कियो । पतिको करचापले पत्नीले खाना खाइन् । खाना हेर्दै स्वादिलो र बासनादार थियोे । सबैले उत्तम मानेर खाए । तर पत्नीको लागि स्वाद र सुवास हराएको खाना लाग्यो ।

खाएपछि विजय र्याली शुरुआत भयो । जिन्दावाद र मुर्दावादका नारा मासुभात सरह हाप र झाप गर्दै निस्कन थाले ।

पत्नीलाई भने काखे र दूधे भोको छोरो सम्झेर अघि खाएको मासुभात छादेर हिँडिदिऊँ जस्तो लाग्यो ।

२०७९/०१/३० रूपनगर, सप्तरी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
क्षितिजको ज्वाला

क्षितिजको ज्वाला

लक्ष्मी रिजाल
मानवता

मानवता

लक्ष्मी रिजाल
बिऊ

बिऊ

लक्ष्मी रिजाल
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
गाईजात्रे पात्र !

गाईजात्रे पात्र !

फित्काैली डटकम
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x