साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परीक्षा

‘दाइजोस्वरूप पाँच तोला सुन कम दिएको भन्दै तपाईंका बाबुले मेरै आँखासामु मेरा बाबुलाई लात र बातले सख्त घाइते बनाएको म कसरी पचाऊँ ?’

Nepal Telecom ad

लक्ष्मी रिजाल :

‘यसरी नै टुलुटुलु हेरिरहनू ।’ अत्याचारले उम्लेको तातो पानी टाउकाबाट घोप्ट्याउँदा समेत धैयपूर्वक सहेकी दुलहीतिर हेर्दै ससुरो शंकरले भन्यो ।

छोरो चन्देश्वर पनि मुढो बनेर खडा भइरहेकोमा उत्साहित हुँदै उसले थप्यो; ‘यसरी नै दुलहीेले यस खान्दानको दुहुनो गाई बनिरहनू ।’

घटना भएको समयमा आँगनभरि मान्छे थिए । दुलहीको मूल्याङ्कनमा त्यहाँ मानव आत्मा भने थिएन । भएका आत्मामा पनि राक्षसी आत्मा मिसिएको भेटिन् ।

‘कुबेलामा चुप लागेरै जितिन्छ भन्ने बुझेकी रहिछ्यौ ।’ दुलहीको प्रशंसामा यसो भन्दै शंकर घरबाहिर निस्कियो ।

‘तपाईंले साथ दिए म यस सामाजिक दासप्रथाको जरो उखल्ने थिएँ ।’ पति चन्देश्वरतिर फर्केर दुलहीले मुख खोलिन् ।
‘साथ दिनकै लागि समाजसामु अग्निलाई साक्षी राखी बाजा बजाएर तिमीलाई भित्र्याएको हो ।’ चन्देश्वरले दुलहीको गम्भीरता कुल्चेर हँसिमजाक गर्न खोज्यो ।

रिसाउँदै दुलहीले थपिन्; ‘मेरो परीक्षा सकियो । तपाईंको परीक्षा सुरु भयो । मुकदर्शक बन्दा सुरुआतमै तपाईं पछारिनुभयो । अब एउटा मौका परीक्षा मात्रै बाँकी छ ।’

लुगाको पोको च्यापेर दुलही बाहिर निस्किन् । चन्देश्वरलाई पछि लाग्न भनिन् । उसले कारण खोतल्यो ।
उसको गलासम्म आउने गरी भनिन्; ‘दाइजोस्वरूप पाँच तोला सुन कम दिएको भन्दै तपाईंका बाबुले मेरै आँखासामु मेरा बाबुलाई लात र बातले सख्त घाइते बनाएको म कसरी पचाऊँ ?’

चन्देश्वर पुनः मुढो बन्यो । अघिदेखि तमासा हेरिरहेकी आमाले एउटा पोको थम्याउँदै र दुलही गएतिर धकेल्दै चन्देश्वरलाई भनिन्; ‘इमान र बहादुरी मिसिएको मेरो दूध चुसेको रहिछस् भने विषलाई लत्याएर झट्टै अमृतलाई अंकमाल गर् ।’

०००
कञ्चनरूप १२, प्रगतिटोल, सप्तरी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
बाढीको पाठ

बाढीको पाठ

लक्ष्मी रिजाल
क्षितिजको ज्वाला

क्षितिजको ज्वाला

लक्ष्मी रिजाल
मानवता

मानवता

लक्ष्मी रिजाल
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
उत्तर हराएको देशमा प्रश्न उद्योगको उज्ज्वल भविष्य

उत्तर हराएको देशमा प्रश्न...

दामाेदर न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x