साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठिक गरेनौ लक्ष्मी बाजे !

आफूलाई म जति जान्ने कोही छैन भन्नेहरू पनि छन् र तिमीलाई सबै बुझेको छु भन्ने पनि छन् । मलाई त त्यस्तो लाग्दैन । तिमीलाई कसरी लाग्ला र त्यस्तो ?

Nepal Telecom ad

तिमी पनि देवकोटा, म पनि देवकोटा । मैले लेखेको कविताहरू सुनेर कहिलेकाहीँ भन्ने गर्छन्, लक्ष्मीप्रसादजस्तै बनेस् है । तर तिम्रो औकातमा आउन सक्दिन नि म । तर पनि एउटै थर भएको मानिसले चर्चा पायो भने आफूलाई पनि फाइदा हुँदो रहेछ । यसो बेला बेलामा फाइदा त लिनै पर्यो, कसैले को पर्छ भनेर सोधे भनिदिन्छु, हाम्रा जिजुबा हुन् । पुर्खा एउटै हो रे । देवकोटा भएपछि पुर्खा एउटै भयो नि । गोत्र अर्को छैन के रे देवकोटाहरूको । मलाई आज देवकोटा हुनुमा तिम्रो नामले पनि गर्व लाग्छ, लक्ष्मी बाजे ।

कुरा काट्नेले त तिम्रा कुरा काटेकै छन् । नेपाल हो नि, सबैभन्दा धेरै जानेको भनेकै कुरा काट्न हो यहाँका मानिसहरूले । कुरा नकाटे खाएको पच्दैन यिनीहरूलाई । तिम्रो मुनामदनमाथि पनि यिनीहरूको डाहा छ, भन्छन् नेवारी कथा चोरेर आफ्नो बनायो बाठो बाहुनले । सक्नेले गर्ने त हो नि हैन र ? आज पनि तिमीले मुनामदन बचाइदिएर त उनीहरूलाई सम्झँदै तिम्रो कुरा काट्न पाएका छन् । अँ, कसरी लेख्थ्यौ बाजे तिमी ? तिम्रो दिमागमा कसरी आउँथे कुराहरू ? मलाई जान्न बुहत् मन थियो तर के गर्नु तिम्रो र मेरा जन्मने समय फरक पर्यो । तिमी अलि छिटो जन्मिएर ठिक गरेनौ बाजे ।

लक्ष्मी बाजे, मैले तिमीलाई धेरै पढ्न त सकेको छैन । मैले पढेको जति छु तिम्रो संघर्ष र मेहनतको म निकै प्रशंसक हुँ । तिमीले राणाहरूलाई मात खुवायौ । देशमा शिक्षाको बारेमा निकै चासो दियौ । नेपाली साहित्यमा देखै नपरेको महाकाव्य लेख्यौ । यी कुराहरूले आज तिमीलाई निकै माथि पुर्‍याएको छ । भन्नेले त भन्छन् नि, देवकोटोले कीर्तिपुर चाहिँ नहड्पेको भए हुने । तिमीलाई थाहा छ आज पनि कीर्तिपुरमा देवकोटाहरूलाई कोठा पाउन गाह्रो छ । त्यसैले त म कीर्तिपुर बसिन नि, काठमाडौँमा आएर बस्दा । अँ, त्यसमाथि म गोरखाली । हिजो पृथ्वीनारायण शाहले बिगारेको गोरखालीको छविमा देवकोटा थपएिपछि के पाउनु डेरा कीर्तिपुरमा ? तर पनि खेद छैन । मानिसहरू बुझदैनन् तिमीले शिक्षाको क्षेत्रमा गरेको विकास र दुरगामी सोचलाई ।

एकैछिन कीर्तिपुरतिरकै कुरा गरुम् न त । तिमीले विश्वविद्यालय खोल्दा त्यो राजनीतिको अड्डा बनोस् र त्यहाँबाट जन्मिने प्राध्यापकहरू कुनै न कुनै पार्टीको झोले भएर निस्कियोस् भन्ने चाहना थियो र ? पक्कै थिएन । हेर न बाजे आजकल कीर्तिपुरले प्राध्यापकभन्दा धेरै राजनीतिक पार्टीका झोलेहरू जन्माउँछ । तिम्रो आत्माले यही कारणले पनि शान्ति पाएको छैन होला है ? तिम्रो दुरगामी सोचलाई आजको प्राध्यापकहरूले यति बेकम्मा बनाए कि उनीहरू तिम्रो अस्तित्व जान्दैनन्, तिम्रो दुरदर्शिता मान्दैनन् । भाषामाथि नै बलात्कार गरेका छन् । भाषा बचाउने र सिध्याउने खेलले प्रतियोगिता गरिरहन्छ । तिमी बोल्दा नै शास्त्रीय छन्दको कवितामा बोल्न सक्ने मान्छे रे । यहाँका विदेशी मतियारहरू भाषालाई नै बलात्कार गरिरहेका छन् । भन न बाजे भाषामाथि नै बलात्कार गरेर हुन्छ ? तिम्रो आत्माले पनि पक्कै देखेको होला है लक्ष्मी बाजे यस्ता मतियारहरूको बिग्रिएको मति ।

बाजे, तिमीलाई यस दुनियाले पागल भने नि हैन ? तिमीलाई पागल भन्नेहरूले ठिके भनेका रहेछन् । तिमी त्यसरी पागल भएर नलेखिदिएको भए आज नेपाली साहित्य अपाङ्ग नै रहन्थ्यो । तिमीले लेखेकै कारण आज नेपाली साहित्यले के हो खण्डकाव्य ? के हो महाकाव्य भनेर चिन्न पाएका छन् । साहित्यमा तिमीले लेखेका कुराहरू आज पनि यहाँ कसैले अर्थ लगाउन सक्दैनन् । तिमीले नै भनेजस्तै तिम्रो शाकुन्तल महाकाव्यको मेलो फोर्ने मान्छे भेटाउन गाह्रै छ । हुन त यहाँ घमण्ड गर्नेहरू पनि छन् । आफूलाई म जति जान्ने कोही छैन भन्नेहरू पनि छन् र तिमीलाई सबै बुझेको छु भन्ने पनि छन् । मलाई त त्यस्तो लाग्दैन । तिमीलाई कसरी लाग्ला र त्यस्तो ? जे भए पनि तिमीले लेखेका कविता र निबन्ध सबैले आआफ्नै तरिकाले पढेका छन् र बुझेका छन् । आखिर तिम्रो पनि चाहना त्यही थियो भन्ने सुनेको थिएँ । मैले सुनेको कुरा ठिकै हो बाजे ? यो प्रश्न तिमीलाई सोध्न पाइनँ । त्यसैले तिमी छिटो जन्मिएर ठिक गरेनौ बाजे ।

मेरो बाजे आज यो लेख लेख्दा तिमीजस्तै मनगडन्ते भएर एउटै कुरामा सीमित नभई धेरैतिर छरिएर लेखेँ । तिमीले मलाई गाली त गर्दैनौ नि । तिमीले सिकाएका त हौ नि छरिएर लेख्न । जेहोस् तिमी र म भेट्न पाएनौँ । तिमी छिट्टै जन्मिएरमात्र नभएर छिटै स्वर्गे भएर पनि गल्ती गर्यौ बाजे । तर पनि तिमीलाई सदा श्रद्धा सुमन ।

०००
बारपाक सुलिकोट- ८, गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बा होइन पितामह

बा होइन पितामह

निशान निष्कर्ष
मुचुल्का

मुचुल्का

निशान निष्कर्ष
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x