साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देवकोटाप्रति श्रद्धासुमन

कुञ्जिनी कृषिवाला शाकुन्तल् लेखेर छाडेछन्, मुना मदन झ्याउरे छन्द उज्यालो पारेछन्, विलक्षण यो प्रतिभा थियो अनेक गरेछन्, विविध कर्म काव्यको धर्म निभाई छाडेछन् ।

Nepal Telecom ad

भविष्य द्रष्टा चेतका धनी यी लक्ष्मीप्रसाद
वाणर्िक मुक्त मात्रिक छन्द शब्दमा आल्हाद
पाएको तलव बाटोमा बाँड्ने घरमा छ फसाद
बौद्धिक उनी गर्दथे सधैं रचना निर्विवाद ।१

इलाम जिल्ला करफोकमा कविको जुटान
सम्मेलन थियो पुगेथे उनी श्रष्टा ती महान
प्रतिभा सधैं स्फुरण थियो शब्दका जहान
बन्दथे अब्बल कविमा जहाँ फुट्दथे मुहान ।२

सुत्ने भो बेला बिस्तरा पुग्दा चिटिक्क परेको
शान्त यो पला सिरक छैन कसैले चोरेको
दङ्ग पो परे पुसको मास के होला गरेको
कस्लाई सोध्नु कसले लग्यो के भोग्नु परेको ।३

कपडा खोले खाटमा राखे लेकको चिसोमा
खाटको तल गएर सुते भूईंको गुन्द्रीमा
नाङ्गै पो थिए कसरी सहे के होला साथमा
बिहान हेर्दा अरू पो दङ्ग परेछन् माथमा ।४

कुञ्जिनी कृषिवाला शाकुन्तल् लेखेर छाडेछन्
मुना मदन झ्याउरे छन्द उज्यालो पारेछन्
विलक्षण यो प्रतिभा थियो अनेक गरेछन्
विविध कर्म काव्यको धर्म निभाई छाडेछन् ।५

त्रिविवि उनी स्थापना गरे शिक्षाका मन्त्रीले
कीर्तिपुर स्थान रोजेछन् रोजा विचार छविले
अदम्य चेत गर्विलो सोच राखेछन् कविले
गहन सोच सुदूर द्रष्टा भन्दछन् सबैले ।६

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x