साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाग्छौ तिमी ईश्वरझैँ मलाई

जन्म्यौ तिमी मानिस रूप पाई लाग्छौ तिमी ईश्वरझैँ मलाई सुकाव्यका पारस रत्नलाई श्रद्धाञ्जली यो कविता सुनाई ।

Nepal Telecom ad

लक्ष्मी उठ्यौ काव्य विधान बुन्दै
सौभाग्य शब्दाक्षरले उधिन्दै
लेख्यौ नयाँ काव्य सुधा मिलाई
स्वदेशको माथ उँचो बनाई ।।१।।

संस्कार लेख्यौ समभाव लेख्यौ
आत्मा हुँडल्ने मनभाव लेख्यौ
गर्यौ मुनाका मनका बयान
शकुन्तलाका नयनाभिराम ।।२।।

तिम्रा कथामा जब पस्न पाएँ
आफू स्वयम् पात्र बनेँ हराएँ
शकुन्तला जीवनले रुवायो
सुलोचनाले मन धर्मरायो ।।३।।

मान्छे स्वयम् जे पनि भन्न सक्छ
सत्कर्मले ईश्वर बन्न सक्छ
बन्यौँ भने सेवक दुःख पर्दा
भेटिन्छ स्वर्गाश्रम हेर मर्दा ।।४।।

थियौ महासागर काव्यभित्र
बग्यौ नदी अक्षरमा पवित्र
यात्री बन्यौ जीवन चैत्यभित्र
देखाउँदै मानिस यो विचित्र ।।५।।

संज्ञानको सौरभ मार्गलाई
बताउँदै हेर समाजलाई
बाँच्यौ तिमी पर्वत दुःख देखी
हाँस्यौ तिमी हर्ष कतै नलेखी ।।६।।

जन्म्यौ तिमी मानिस रूप पाई
लाग्छौ तिमी ईश्वरझैँ मलाई
सुकाव्यका पारस रत्नलाई
श्रद्धाञ्जली यो कविता सुनाई ।।७।।

०००
मेची नगरपालिका, झापा
हाल : अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दुष्यन्त भट्टराई
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
वृद्ध म भएँ

वृद्ध म भएँ

दुष्यन्त भट्टराई
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x