साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देवकोटाको ‘थाल्नी’ : आँसु र हाँसोसम्बन्धी जीवनदृष्टि

जीवनमा सुधार-परिष्कारका निम्ति अंधेरीलाई छाँस्ने काम अर्थात् सामाजिक विकृति विसङ्गति र वैषम्य आदिमाथिको व्यङ्ग्य पनि फेरि उत्तिकै उपयोगी छ भन्ने उनको धारणा छ ।

Nepal Telecom ad

नेपाली साहित्यका स्वच्छन्दतावादी-प्रगतिवादी महान् कवि लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६-२०१६)-को ‘थाल्नी’ शीर्षक कविता उनको हास्यव्यङ्ग्य कवितासङ्ग्रह मनोरञ्जन (काठमाडौं : नेपाल सांस्कृतिक सङ्घ, २०२४ जेठ) को शुरुको वा थाल्नीको कविता हो । उपर्युक्त मनोरञ्जन कवितासङ्ग्रहको थाल्नी यसै कविताबाट भएकोले नै सम्भवतः कविले यस कविताको शीर्षक ‘थाल्नी’ राखेका हुन् । यस ‘थाल्नी’ कविताको रचना उनले २०१५ साल जेठ १७ गते गरेको कुरा उनी स्वयंले पुस्तकमा प्रस्तुत कविताको अन्तमा दिएको मितिवाट स्पष्ट हुन्छ प्रस्तुत ‘थाल्नी’का साथै मनोरञ्जनमा सङ्गृहीत सबै २१ वटा कविताहरू कविले २०१५ साल जेठमा जम्मा ६ दिनको समयावधिभित्र लेखिसकेको कुरा उक्त सङ्ग्रहमा सङ्गृहीत कतिपय कवितामा उनले दिएको रचनाकालवाट र उनले लेखेको उक्त सङ्ग्रहको भूमिकाबाट पनि छर्लङ्गिन्छ । यो कविता लेख्ता देवकोटा विरामी थिए भन्ने कुरा प्रस्तुत सङ्ग्रहको प्रकाशकीयमा पुष्करनाथ उप्रेतीले पनि उल्लेख गरेको भेटिन्छ भने प्रस्तुत सङ्ग्रहबारे कवि स्वयंले गरेको निम्नोद्धृत टिप्पणीबाट पनि त्यति वेला उनको स्वास्थ्य निकै विग्रेको जानकारी पाइन्छ, जस्तै ः

‘स्वास्थ्य विग्रेको छ । अपरेशन केही अगाडि उपस्थित छ । दूध र उमालिएका फुलको खुराकमा, यस्तै आयो । गहिरो पानी सुकेछ । केही यहाँ छन् । उच्च स्तरलाई नभए पनि, सर्वसाधारणलाई दिल बहलाउने काम मलाई झैँ दिए पुग्यो । हास्यरस यसमा प्रधान छ ।’ इत्यादि ।
(‘मनोरञ्जन’ भूमिका)

जे होस्, यो ‘थाल्नी’ देवकोटाको उच्चतातर्फ उन्मुख वणर्मात्रिक कविता हो यसले अन्त्यानुप्रास युक्त भुजङ्गप्रयात नामक वणर्मात्रिक छन्द अँगालेको छ र यो जम्मा २० श्लोकसम्म फैलिएको छ । यसको भाषा सरल, प्राञ्जल एवं प्रवाहपूणर् छ भने शैलीचाहि वस्तुप्रतिपादनात्मक र आत्मपरक । भाववाही कतिपय नवीन विम्ब र प्रतीकलाई आत्मसात् गर्ने प्रस्तुत कवितामा कविले शुरुदेखि सत्रौ श्लोकसम्ममा स्वस्थ जीवनका लागि आँसु मात्र अपर्याप्त र हाँसो पनि आवश्यक भन्दै तथा जीवनका हरक्षेत्रमा आवश्यक सुधार, परिष्कार एवं सौन्दर्यचेतनाका निम्ति अँधेरोलाई छाँस्ने काम अर्थात् व्यङ्ग्य पनि उत्तिकै उपयोगी बताउँदै खास गरी जीवनमा हाँसोको सर्वोपरि महिमा प्रतिपादित गरिरहेको भेटिन्छ भने यसको अठारौंदेखि वीसौं अर्थात् अन्तिम तीन श्लोकलाई उनले आफ्नो उपर्युक्त हास्यव्यङ्ग्य कवितासङ्ग्रह मनोरञ्जनवारे पद्यात्मक भूमिकाका रूपमा केही टिप्पणी गरिरहेको पाइन्छ । कवि भन्छन् :

नहाँसेर बद्ली, अंधेरी नछांसे,
नवन्दा कहीले कहीं क्यै बतासे ।
मजा हुन्न है जिन्दगी आँसु गाँसे !
वन थोर नै बेर ता पुष्प-मासे ।
(‘मनोरञ्जन’ पृ. १)

थोरैबेर मात्र भए पनि हाँसौं भन्ने कविको सल्लाह उपर्युक्त पङ्क्तिमा अङ्कित छ । उनका दृष्टिमा स्वस्थ जीवनका लागि आँसु मात्र अपर्याप्त छ हाँसो पनि उत्तिकै र अझ बढी आवश्यक छ । साथै, जीवनमा सुधार-परिष्कारका निम्ति अंधेरीलाई छाँस्ने काम अर्थात् सामाजिक विकृति विसङ्गति र वैषम्य आदिमाथिको व्यङ्ग्य पनि फेरि उत्तिकै उपयोगी छ भन्ने उनको धारणा छ ।

आँसु र हाँसो दुवैको सङ्गमस्थल बनेको यस जीवनमा भए-वितेका कुरामा अपशोच मात्रै गरेर बस्ने हो र भविष्यको चिन्ता मात्रै लिएर बस्ने हो भने आधा जीवन त्यसै खेर जाने देख्छन् कवि । उनका विचारमा हाँसो उज्यालो हो, जीवन हो र रोदन अँध्यारो छाया वा मृत्यु हो । यो जगत् दुःखी र मलिन यसै छ, उसै छ भने यहाँ आँसु वा छाया होइन बरु हाँसोकै उज्यालो छर्नुपर्छ भन्छन् उनी । यसरी दुःखलाई हाँसेर गिज्याउन र जिन्दगीलाई छिटोछरितो तथा फूर्तिलो तुल्याउन हाँस्ने सल्लाह दिँदै उनले प्रस्तुत कवितामा सृष्टिको आनन्द हो- हाँसो हो र यही हाँसो वा आनन्द नै जीवनको खास प्राप्ति हो भने हाँसो स्वयंमा शक्ति र स्वास्थ्य पनि हो भनिरहेको भेटिन्छ । दृष्टान्तका निम्ति प्रस्तुत कविताका केही पंक्ति तल उद्धृत छन्-

दुखी यो रुझेको जगत्मा मलीन,
छ छाया झुकेको, मुहारै छ दीन ।
यहाँ थप्नु के ? आँसु, छाया खरानी ?
उज्यालो घरी चम्क चम्काइ नानी ।
गिज्याओं बसी दुःख खित्काहरूमा,
विजुली निकालेर झिल्काहरूमा ।
यसो रंरमाऔं, यसो जंजमाऔं,
ढिलो जिन्दगानी छिटो ता बनाऔं ।
गरी सिर्जना ईश मुस्के पहीले,
‘म राम्रो’ भनी हाँस्न थालिन् महीले ।
उज्यालो जहाँ सृष्टिमा खिल्खिलायो
त्यहाँ जिन्दगी हास्य भै झिल्मिलायो ।
यही स्वास्थ्यको तेजको हो इशारा,
यही शक्तिको उछलिंदो ज्योतिधारा ।
भए भूल आफ्ना पिरौली र आँसू
तिनैमाथि झन् पालिसीसाथ हो ।
(‘मनोरञ्जन’ पृ. २-४)

यस प्रकार जीवनजगत्मा व्यङ्ग्य र अझ खास होसी (हास्य) अर्थात् चोखो हाँसोको आवश्यकता, उपादेयता र महत्ताको प्रतिपादन गर्दै जीवनका क्षणहरूलाई हाँसेर रमाइलो तुल्याउने सल्लाह दिइसकेपछि कवि प्रस्तुत कविताका अन्तिम तीन श्लोकमा चाहि माथि उल्लेख गरिएकै प्रस्तुत ‘थाल्नी’ कवितासमेत संगालिएको आफ्नो उपर्युक्त हास्यव्यङ्ग्ग्य कवितासङ्ग्रह मनोरञ्जनबारे स्वयं केही टिप्पणी गर्दै यो कवितासङ्ग्रह कुनै लक्षणग्रन्थ नभई जिन्दगीका दुःखलाई भुलाउने आफ्नै दृष्टि र कोणका मनोरञ्जक हँस्यौली-ठट्यौलीहरूको कुटुरो हो भनी बताउँछन् ।

माथिको चर्चाबाट प्रस्तुत कवितामा कवि सुधारवादी जीवनवादी, व्यङ्यविनोदी प्रवृत्तिका साथै मुख्यतया आँसु र सोसम्बन्धी जीवनदृष्टि प्रकटिएको स्पष्टै छ ।

०००
गोरखापत्र शनिवासरीय
असार १, २०४२ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x