साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाह्र भाइ बा- (६)

जे अमूल्य त्यो हात पार्नुहोस्, अन्यथा भए लात मार्नुहोस् ,तान्नुपर्छ वा हान्नु पर्दछ, त्यो कुरा भने जान्नु पर्दछ । पालना गरौं आफ्नु धर्मको, भेद छोड्नुहोस् लाज सर्मको, आफ्नु काममा लाग्नुपर्छ बा ,अग्नि झै अझै जाग्नुपर्छ बा ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

के छ हाल ए बाह्र भाइ बा
फेरि के भयो लाग्छ मौनता
ओइरो कतै हाल्नुभो कित
गोप्य काम क्यै थाल्नुभो कित । (३४)

नक्कली कुरा जन्मिए अब
लाग्नुपर्छ बा मान्न उत्सव
लाख हैन बा बर्सिने धन
छन् करोडका नोट कञ्चन । (३५)

बा कमाउने होडमा पसौँ
तारतम्रीको तान यो कसौँ
कोष देशको रित्तिने गरि
हात कोच्नुहोस् आउने गरि । (३६)

चाल चल्नुहोस् धप्प बल्नुहोस्
निम्छराहरू मात्र दल्नुहोस्
यो समाजको सभ्य सभ्यता
मास्न सक्नु नै हुन्छ योग्यता । (३७)

घोच्नुपर्छ बा निम्न मानिस
गर्नुपर्छ बा सत्यको रिस
बाह्र ठाउँमा बार हाल्नुहोस्
बारमा अझै तार हाल्नुहोस् । (३८)

जे अमूल्य त्यो हात पार्नुहोस्
अन्यथा भए लात मार्नुहोस्
तान्नुपर्छ वा हान्नु पर्दछ
त्यो कुरा भने जान्नु पर्दछ । (३९)

पालना गरौं आफ्नु धर्मको
भेद छोड्नुहोस् लाज सर्मको
आफ्नु काममा लाग्नुपर्छ बा
अग्नि झै अझै जाग्नुपर्छ बा । (४०)

०००
ओखलढुङ्गा, हाल- चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x