साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो तीक्ष्ण बुद्धि

बुद्धिमा मलाई कसले सक्ने ! घरमा केही राम्रो काम भयो भने मैले गरेको भन्छु नराम्रो काम अरुको थाप्लामा हालिदिन्छु । यो सब मेरो तिक्ष्ण बुद्धिकै उपलब्धिहरू त हुन् । भने राम्रोसँग नबुझ्नेले मेरो बुद्धिलाई लठुवा बुद्धि पनि भन्छन् ।

Nepal Telecom ad

अशोककुमार शिवा :

कहिलेकाहिँ त लाग्छ म पनि ठुलै मान्छे पो हुँ । ठुलो मान्छे हुनलाई लरतरो हिसाबले त हँुदैन धेरैकुरा ठुलो हुनुपर्छ । त्यसमा पनि बुद्धि त अझ ठुलो हुनै पर्छ, जुन मसँग छ । बुद्धिमा मलाई कसैले भेट्दैन । बेला बेला त यो बुद्धि यति तेज चल्छ कि कुरा नगरौँ । बुद्धिचाल प्रतियोगितामा म कहिले हारेको छैन । सधैं बाख्रो लिएर बाघको पिपक्षमा खेल्ने म चार पाँच चालमा नै बाघ थुनिदिने क्षमता हुने गथ्र्यो र छ पनि । मेरो तीक्ष्ण बुद्धि देखेर मसँग बाघचाल खेल्न सितिमिति कसैले मान्दैनन् ।

झट्ट कसैले केही भन्न मुख खोल्न लाग्यो कि म पहिलै भनिदिन्थेँ तैँले यो भन्न लागेको है भनेर । भन्ने मान्छे जिल्ल । कोही दौड्न लाग्या छ भने, ए तँ पौडन लाग्या हो भन्दिए पनि ट्वाक्क मिलिदिन्थ्यो । तर त्यो चाहिँ जम्मा एकपटक मिल्या हो ढाँट्नु हुँदैन । फेरि ढाँटेर पनि के पाउनु ? व्यवहारिक कुरामा भविष्यवाणी त कति गरें कति । मैले बोलेपछि सबै चुप लाग्थे । उखान पनि उधुमै आउने के मलाई, छेउ न टुप्पाको तुक्का जोड्दा पनि सुन्ने दङ्ग पर्थे । पर्थे के भनौ पर्छन् नै । धर्मकर्मका आध्यात्मिक कुरा देखि साहित्यिक श्रृजनाका छन्द बन्द सबै फुर्ने मेरो बुद्धि मलाई नै अचम्म लाग्छ ।

अर्कोले बोलेको कुरामा कहाँ कतिखेर सही थाप्ने कतिखेर ताली ठोक्ने अनि कतिखेर निच्च दाँत देखाएरै हाँस्ने भन्ने कुरामा पनि मलाई अहिलेसम्म कसैले सिकाउनु परेको छैन । ठोको भन्यो अरुले पनि ठोक्छन् । रोको भन्यो अनि मात्रै रोक्छन् । अस्ति एकदिन कसले के सामानको बोरा बाटोमा अलपत्र पारेर राखेको रहेछ र बोको भनेर कराएको त्यो बेलामा चाहिँ गलत सोचेछन् केटाहरू भुसुक्क रिसाए । किन रिसाएको भनेर सोधेको बोको भनिस् भन्छन् । हुन त त्यो पनि ठिकै हो बोको बोको जस्तो परेकालाई बोको भन्दा उल्टो बुझ्नु पनि ठिकै हो । जसको क्षमता जति हुन्छ त्यति नै बुझ्ने हो ।

म बुद्धिमानका अन्धभक्तहरूले बेला बखत त मैले जस्तै छिटो बुझिदिन्छन् । मैले रेल कुदाउने कुरा गर्दा अरुले बाल्टीमा पानी हालेर कागजको नाउ बनाएर चलाएर जिस्काए के भनेको थिएँ पटटटटटट पारेर ताली ठोकिहाले । मैले मेरो तीक्ष्ण बुद्धिले रेल र पानी जहाजको कुरा संयोजन गरेर भनेको मेरा लठुवाहरूले कति चाँडो बुझेछन् म आफै छक्क परें । भरे यसो चिसिएर सोचेको त्यो त मैले सोचेकै रहेनछ । अचानक निस्किएको वाणी पो रहेछ । सच्याओ भन्ने कुरो भएन बरु त्यै सदर भनेर केही भनिनँ ।

एकपल्ट घरको भैंसीलाई उन्नत जातको राँगो लगाएर नश्ल सुधार गर्ने बिचार बुद्धिमा आयो र झट्ट पल्लाघरे छिमेकीसँग मुर्रा राँगो मागेको थियो । छिमेकीले पछि पठाउँला भनेथ्यो । पछि छिमेकीले अर्कोको हात लगाएर राँगो पठाएछ । राँगो लिँदै आएको देखेर मेरा लठुवाहरू राँगो हो कि भैंसी पनि राम्ररी नछुट्याई हैन हौ भैँसी चढेर यमराज झै पो आयौ त भनेर गाउँ नै थर्किने गरी कराए । हल्ला सुनेर यसो हेरेको त मज्जाको विकासे राँगो । अब यस्तो विकासे राँगो ल्याउने श्रेय त्यसलाई किन दिनु भन्ने बुद्धि मेरो फुरी हाल्यो र कराई हालें । घरको भैसीको नश्ल सुधार गर्न मैले छिमेकीलाई मुर्रा राँगो पठाइदेऊ भनेको थियो पठाएछ भनेँ । बल्ल मेरा लठुवाहरूले बुझेछन् ए हो हो राँगो हो भन्न थाले ।

बुद्धिमा मलाई कसले सक्ने ! घरमा केही राम्रो काम भयो भने मैले गरेको भन्छु नराम्रो काम अरुको थाप्लामा हालिदिन्छु । यो सब मेरो तिक्ष्ण बुद्धिकै उपलब्धिहरू त हुन् । भने राम्रोसँग नबुझ्नेले मेरो बुद्धिलाई लठुवा बुद्धि पनि भन्छन् । भन्नेको मुख थुन्न सकिन्न के रे भनिरहुन् । मेरो बुद्धिको तीक्ष्णताको मापन गर्ने यन्त्रै छैन ल जा ।

०००
गल्कोपाखा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x