साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तार्ने भए गाँठे जतासुकै आँसु…

श्रमजीवी नागरिक बेच्न लाए लाठे भूमिलाई मरुभूमि पार्ने भए गाँठे ! देशीलाई परदेशी बनाउन आँटे देश रितो बनाएर तार्ने भए गाँठे !!

Nepal Telecom ad

डा. बमबहादुर जिताली :

अदालतभन्दा माथि मन्त्रीहरू भए
त्यही पाटो पक्रिएर राष्ट्रपति गए ।
प्रभुलाई रिझाउँदा राष्ट्रहित बिर्से
व्यक्तिगत हित हेर्दा समस्या झन् सिर्जे ।

समुद्रमा पुग्ने बाटो सहमति थियो
सट्टापट्टा गर्ने कुरा हसाउने थियो ।
प्रभुलाई पठाएर नदी खोला छाँगा
उपहार ल्याएका छन् पन्ध्रओटा राँगा ।

सात सालदेखि चल्यो होडबाजी दिने
आफू मात्र मोटाउने आलुमूला किने ।
नागरिक अधिकार पनि बेची खाए
खान सक्ने टोली मिल्दा मोटो बिटो पाए ।

कोहीलाई मुन्ट्याएर ल्याएजस्तो गरे
गोही, सिंह, दुम्सी मिली मनपरी भरे ।
काण्डमाथि काण्ड भए सबै लुकी गए
भण्डाफोर भए पनि लुकाउने भए ।

श्रमजीवी नागरिक बेच्न लाए लाठे
भूमिलाई मरुभूमि पार्ने भए गाँठे !
देशीलाई परदेशी बनाउन आँटे
देश रितो बनाएर तार्ने भए गाँठे !!

०००
रानीबन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तमासा

तमासा

डा. बमबहादुर जिताली
बाँदर्नी मैयाँ र ढेडुको तमासा

बाँदर्नी मैयाँ र ढेडुको...

डा. बमबहादुर जिताली
हालको बेहाल

हालको बेहाल

डा. बमबहादुर जिताली
राम्रो म 

राम्रो म 

डा. बमबहादुर जिताली
छन्द छानेर हान्छु

छन्द छानेर हान्छु

डा. बमबहादुर जिताली
सृष्टिमा पार्वतीकाे दृष्टि

सृष्टिमा पार्वतीकाे दृष्टि

डा. बमबहादुर जिताली
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x