बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

तार्ने भए गाँठे जतासुकै आँसु…

श्रमजीवी नागरिक बेच्न लाए लाठे भूमिलाई मरुभूमि पार्ने भए गाँठे ! देशीलाई परदेशी बनाउन आँटे देश रितो बनाएर तार्ने भए गाँठे !!

Nepal Telecom ad

डा. बमबहादुर जिताली :

अदालतभन्दा माथि मन्त्रीहरू भए
त्यही पाटो पक्रिएर राष्ट्रपति गए ।
प्रभुलाई रिझाउँदा राष्ट्रहित बिर्से
व्यक्तिगत हित हेर्दा समस्या झन् सिर्जे ।

समुद्रमा पुग्ने बाटो सहमति थियो
सट्टापट्टा गर्ने कुरा हसाउने थियो ।
प्रभुलाई पठाएर नदी खोला छाँगा
उपहार ल्याएका छन् पन्ध्रओटा राँगा ।

सात सालदेखि चल्यो होडबाजी दिने
आफू मात्र मोटाउने आलुमूला किने ।
नागरिक अधिकार पनि बेची खाए
खान सक्ने टोली मिल्दा मोटो बिटो पाए ।

कोहीलाई मुन्ट्याएर ल्याएजस्तो गरे
गोही, सिंह, दुम्सी मिली मनपरी भरे ।
काण्डमाथि काण्ड भए सबै लुकी गए
भण्डाफोर भए पनि लुकाउने भए ।

श्रमजीवी नागरिक बेच्न लाए लाठे
भूमिलाई मरुभूमि पार्ने भए गाँठे !
देशीलाई परदेशी बनाउन आँटे
देश रितो बनाएर तार्ने भए गाँठे !!

०००
रानीबन, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
लाज आफैँ लजायो

लाज आफैँ लजायो

डा. बमबहादुर जिताली
सास्ती र मस्तीको मेलो

सास्ती र मस्तीको मेलो

डा. बमबहादुर जिताली
हाल-चाल

हाल-चाल

डा. बमबहादुर जिताली
भानु अर्चना

भानु अर्चना

डा. बमबहादुर जिताली
रतेलीको रौनक

रतेलीको रौनक

डा. बमबहादुर जिताली
महान नेताका राता जहान

महान नेताका राता जहान

डा. बमबहादुर जिताली
श्वान सभा

श्वान सभा

घनश्याम रेग्मी
यो काठ माडौं

यो काठ माडौं

रमेश खकुरेल
बेइमान जाडो !

बेइमान जाडो !

गायत्री परिरोशनी
सत्ता

सत्ता

दिनेश अधिकारी
म खै के सुनाऊँ नयाँ हालचाल

म खै के सुनाऊँ...

केशवराज आमोदी