साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोर भन्न कहाँ पाइन्छ ?

अरुलाई चोर किन भन्नू सक्नेले खाने हो नसक्ने के खानु नदी खाने जङ्गल खाने गिट्टी खाने बालुवा खाने सबैले टनाटन खाएकै छन् जाबो अलिकति खाने भाँती नमिल्दा किन यसरी कराइन्छ ? अर्कालाई चोर भन्न कहाँ पाइन्छ ?

Nepal Telecom ad

भोलानाथ सुबेदी :

यसरी चोर भन्न कहाँ पाइन्छ
अरुमाथि दोष थुपार्न कहाँ पाइन्छ
भाग लगाएर बाँडेर खाएपछि
औँला सोझ्याउन कहाँ पाइन्छ
कसैले जोखेर खाए
कसैले खोसेर खाए
सित्तैमा आएको न हो
खान हुने पनि खाए
खान नहुने पनि खाए
खानेलाई त खन्चुवा भन्नु पर्ने
चोर भनेर बद्नाम गराए
कसैले औषधि खाको रे
कसैले प्लेन चपाको रे
सरकारी जग्गामा महल ठड्याएर
ससुरालीको दाइजो जमाको रे
यति साना कुरा गर्नेहरू
डाडुमा पानी तताएर मर्नु
अरुलाई चोर किन भन्नू
सक्नेले खाने हो
नसक्ने के खानु
नदी खाने
जङ्गल खाने
गिट्टी खाने
बालुवा खाने
कार्यालयका ल्यापटप
कम्प्युटर खाने
सबैले टनाटन खाएकै छन्
जाबो अलिकति खाने भाँती नमिल्दा
किन यसरी कराइन्छ ?
अर्कालाई चोर भन्न कहाँ पाइन्छ ?

०००
सम्पर्कः- ९८४३०५४१६१
ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परान गो

परान गो

भोलानाथ सुबेदी
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
0
Would love your thoughts, please comment.x
()
x