साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘तँ’ र ‘तँ’हरू

जाली जालन्धरको पासोमा जेलिएर बिछ्याइएको जालमा अल्झिएर ‘म’ र ‘म’हरू ढलेको यथार्थ अब ‘तँ’हरूलाई जेल्नु पर्छ ‘तँ’हरू अल्झिनु पर्नेछ ‘तँ’हरू ढल्नै पर्नेछ ।

Nepal Telecom ad

निलहरि काफ्ले :

गन्न नसकिने छोटे राजाहरू,
भन्न नसकिने बेथितिहरू,
उन्मुक्ति खातिर
जनता जाग्न थालेकै हुन् भने
शुभ होस् ।

कुरितिका जन्मदाताहरू,
कुसंस्कारका विधाताहरू,
असलियत उदाङ्गो हुन लागेकै हो भने
जय होस् ।

गुट-उपगुटको बितण्डा
अनियन्त्रित लुटको हतकण्डा
‘तँ’हरूका परिभाषित भाषा,
महरूका सुसंस्कृत अभिलाषा,
निस्फिक्री मैदानमा मारिएका छन् ।
र पनि
‘तँ’हरू मुस्कुराई रहेछस्
उनीहरू रोइरहेछन्।
जन मनको जनादेश
‘तँ’हरूको अहंकार
असह्य आडम्बरको हुंकार
अति भो
अब उठ्नु पर्छ
लुछेका सोझा मनहरू
मरेका आकांक्षाहरू
अब जुट्नु पर्छ
‘तँ’हरू लुछिनु पर्छ
अब ‘तँ’हरू मृत भेटिनु पर्छ

जाली जालन्धरको पासोमा जेलिएर
बिछ्याइएको जालमा अल्झिएर
‘म’ र ‘म’हरू ढलेको यथार्थ
अब ‘तँ’हरूलाई जेल्नु पर्छ
‘तँ’हरू अल्झिनु पर्नेछ
‘तँ’हरू ढल्नै पर्नेछ

त्यसैले
अस्त्र जन-जनले बुझेका छन्
पर्खी बसे हुन्छ
अस्त्र ‘तँ’हरू तिरै फर्किनेछन्
सुनौलो बिहानीको कल्पनासँग
फुरुङ्ग फुर्केको कोमल मस्तिष्कहरू
शिकारी नियतको पन्जाबाट फुत्किन तल्लीन छन्
‘तँ’हरूको मुक्ति,
हो ‘तँ’हरूको मुक्ति खातिर

कुनै एक दिन
हजार मनहरूको साथ लिएर
कोही फरिस्ता जन्मिनेछ
केवल
अस्तित्व रक्षा खातिर
अस्मिता रक्षा खातिर
जननी जन्मभूमिको खातिर
जय होस् मंगल होस् ।

०००
एकता बस्ती काठमाडौँ
९८४९३२२७३७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुर

लाहुर

नीलहरि काफ्ले
पर्दा लगाउँदैछन !!

पर्दा लगाउँदैछन !!

नीलहरि काफ्ले
लाउँछु भन्छन् !

लाउँछु भन्छन् !

नीलहरि काफ्ले
सुनकै कुम्लो बोकेर

सुनकै कुम्लो बोकेर

नीलहरि काफ्ले
के पीर भो र ?

के पीर भो र...

नीलहरि काफ्ले
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

नीलहरि काफ्ले
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x