साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कीराका कुरा

अब भ्रष्टाचारीलाई मात्र होइन, शोषक, जाली, ठग, बलात्कारी, हत्यारा, चोर, लुटेरा, कालाबजारी आदिहरूलाई पनि यस्तै विभिन्न श्रापहरूले प्रहार गरेर सिध्याउनुपर्छ । जस्तै, बलात्कारीलाई- तँलाई एड्स सल्कियोस् अथवा मरेपछि तँलाई जेमराजका दूतहरूले गोप्य अङ्गमा नूनखुर्सानी दलून् ।

Nepal Telecom ad

लक्ष्मण गाम्नागे  :

देशमा सरकार कहिल्यै स्थिर र प्रभावकारी भएन । सरकारी निकायहरू निकम्मा भए । भ्रष्टाचार रोक्ने मुख्य संस्था अख्तियारको आयोग वर्षौंदेखि बेवारिस छ । त्यसकै पदाधिकारीहरू बेलाबेला भ्रष्टाचारमा मुछिन्छन् । हत्यामा आरोपित व्यक्तिहरू र भ्रष्टाचारको अभियोगमा मुद्दा चलिरहेका नेताहरू मन्त्री पदमा बसेर सदाचारका भाषण ठोकिरहन्छन् । रक्षामन्त्री स्वयम् देश टुक्र्याउने घोषणा गर्छन् । ठूल्ठूला प्रहरी अधिकृतका नाकैमुनि मध्यदिउँसो हत्याराहरू ताण्डव नृत्य प्रदर्शन गरेर गफिँदैगफिँदै पैदलै फरार हुन्छन् । यसरी चारैतिरबाट निराशाको वर्षा भएपछि र कहीँकतै सुशासनको सङ्केत नदेखेपछि एक्काइसौं शताब्दीका शिक्षित युवाहरूले समाज सुधारको अनौठौ अभियान ल्याएछन् । सतीले सरापेर बिगारेको देशमा सरापेरै ठीकमा ल्याउन होला उनीहरूले ‘भ्रष्टाचारीलाई कीरा परोस्’ भन्ने नारा व्यापक गराएछन् ।

देश, काल र परिस्थिति सुहाउँदो भएर नै यो नाराको प्रभाव देखिन थालिसकेको छ । भ्रष्टाचार नगरी पदको मर्यादै नहुने ठाउँमा बसेका सरकारका सचिवहरू नै यो नारा लेखिएको टिसर्ट लगाएर एकले अर्कातिर औलो ठड्याएर ‘भ्रष्टाचारीलाई कीरा परोस्’ भनेर सराप्न थालेका छन् । सचिवस्तरबाट माथि उठेर उपप्रधानमन्त्रीज्यू पनि यो अभियानबाट प्रभावित भएकाले अब यसले सरकारी नाराको रूपमा मान्यता प्राप्त गर्ने निश्चित छ । युवाहरूको यो डरलाग्दो अभियानबाट कीरा पर्ने भयले ‘म दुई रूपैयाँ पनि भ्रष्टाचार गर्दिनँ’ भनेर भर्खरै उनले कसम खाइसके । (उनलाई आशा छ यो श्राप भविष्यका भ्रष्टाचारीहरूलाई मात्र लागू हुनेछ ।) कार्यवाहक प्रधानमन्त्री भएका बेला उनै उपप्रधामन्त्रीले भूकम्प अमेरिकातिरै जाओस् भनेर श्राप दिए । उनको यो श्राप पनि ‘भ्रष्टाचारीलाई कीरा परोस्’ नाराबाटै प्रभावित छ । अमेरिकीहरू यस्ता कुरामा विश्वास गर्दैनन् कि क्या हो, नत्र हाम्रो कूटनीतिक सम्बन्ध यस बेला पूरै गडबड भइसक्ने थियो ।

यस अभियानलाई अझै नयाँ उचाइमा पुर्याउनु आवश्यक छ । अब भ्रष्टाचारीलाई मात्र होइन, शोषक, जाली, ठग, बलात्कारी, हत्यारा, चोर, लुटेरा, कालाबजारी आदिहरूलाई पनि यस्तै विभिन्न श्रापहरूले प्रहार गरेर सिध्याउनुपर्छ । जस्तै, बलात्कारीलाई- तँलाई एड्स सल्कियोस् अथवा मरेपछि तँलाई जेमराजका दूतहरूले गोप्य अङ्गमा नूनखुर्सानी दलून् ।

शोषकहरूलाई यसरी सराप्नुपर्छ- यो नरचोलामा जति शोषण गर्छौ गर, तर अर्को जुनीमा तिमीहरूले सुँगुरको अवतार लिनुपरोस् र सुइराले रोपिईरोपिई मर्नुपरोस् ।

जनतालाई कुहिएको गुँदपाक, कीरा परेका राँगाका आन्द्रा, ढुँडी परेको पाउरोटी इत्यादिको सेवन गराउने वरिष्ठ व्यापारीहरूलाई कानूनी प्रक्रियाबाट कारबाहीको माग गर्नु भन्दा यसप्रकार सराप्यो भने उम्किन पाउने छैनन्- बाँचुन्जेल जो भो, सो भो, मरेपछि तिमीहरूलाई नर्कमा यमदूतहरूले टुप्पीबाट भुते आराले चिर्द चूक दल्दै दुई फ्याक बनाऊन् । अथवा उम्लिरहेको तेलमा तारेर गिद्धलाई खान दिऊन्, आदि ।

सचिव सरहरूलाई ‘भ्रष्टाचारीलाई कीरा परोस्’ लेखेको टिसर्ट लगाएर उनीहरूभित्र कहीँकतै भएको भ्रष्टाचारको कामनालाई निर्मूल पारिएजस्तै प्रहरी अधिकारीहरूका लागि ‘हाम्रो आँगनमा गोलीको वर्षा गरेर फरार भएका हत्याराहरू ढुङ्गामा ठेस लागेर ठाउँका ठाउँ लडून्’ भन्ने नारा अङ्कित ब्याच काँधमा भिराइदिनुपर्छ ।

नयाँ नेपालका नयाँ काइदा यिनै हुन् । अब अख्तियार, प्रहरी, सतर्कता केन्द्र, सीडीओ, गुणस्तर नियन्त्रण गर्ने अड्डा, नियम, कानून र संविधान केही पनि चाहिँदैन । हाम्रा सभासद्हरूले संविधान बनाउन सकेनन्, अब यस्तै नाराहरू बनाएर पास गर्न लगाउनुपर्छ र विकृति विसङ्गतिका वाहकहरूलाई ठाउँका ठाउँ ठहरै पार्नुपर्छ ।

०००
‘छोपछाप’ (२०७४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे
देश बनाउनेहरू

देश बनाउनेहरू

लक्ष्मण गाम्नागे
दाजुभाउजूको देशमा

दाजुभाउजूको देशमा

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x