साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकारी कुकुर संरक्षण

कुकुर दुब्लाउँदै जान्थे, हाकिम आउँथे मोटाउँदै । गाउँ डुल्थे विशेषज्ञ, चेतना खूब जगाउँदै ॥ यस्तै सरकारी संरक्षण पाँच वर्ष चल्यो भने । डाँको छोडी रुनुपर्ला, कुकुर एक मर्याे भने ॥

Nepal Telecom ad

चट्याङ मास्टर :

कुकुर सङ्ख्या भयो धेर, घटाउनु नै परे पनि ।
दिन सरकारलाई जिम्मा, संरक्षण गर लौ भनी ॥
हराउनेछन् कुकुर सारा, खोज्दा नपाइने गरी ।
संरक्षणमा बसी गैँडा, मृग लोप भए सरी ॥

कुकुर मन्त्रालय खोल्थे, कुकुर मन्त्री हुने थियो ।
कुकुर विभाग, भुकाइ शाखा, देखी कुकुर रुने थियो ।
कुकुर दिवस मनाइन्थ्यो, र्‍याली, गोष्ठी अनेक गरी।
मोटर गुड्थे, नियम बन्थे, संसदै थर्कने गरी ॥

बजेट बन्थ्यो दानाको सिक्री र हाड औषधि ।
वर्कशप र योजना साथै कर्मचारी कति-कति ॥
विदेशी ऋण मागिन्थ्यो, कुकुरकै नाममा पनि ।
आयोग दुई-चार नयाँ हुन्थे भ्रष्टाचार भयो भनी ॥

सरकारी क्षेत्र बाहिर, कुकुर एक भेटिए पनि ।
पाल्नेले चैं कुटाइ खान्थ्यो, ‘लौ त घुस तँ नदे’ भनी ॥
राष्ट्रिय अन्तर्राष्ट्रिय एन.जी.ओ. पनि लाग्नेथे ।
कुकुरको बखान भाषण, सुनेर कान पाक्नेथे ।

कुकुर दुब्लाउँदै जान्थे, हाकिम आउँथे मोटाउँदै ।
गाउँ डुल्थे विशेषज्ञ, चेतना खूब जगाउँदै ॥
यस्तै सरकारी संरक्षण पाँच वर्ष चल्यो भने ।
डाँको छोडी रुनुपर्ला, कुकुर एक मर्याे भने ॥

कस्तूरी, मृग, गैंडा व्यक्तिले पाल्न पाउँछ ?
खसी, भेडा, बिरालो र गाई कैले हराउँछ ?
मूल्यवान् पशु दुर्लभ व्यक्तिले पाल्ने हो भने !
कुकुरजस्तै सुलभ हुन्थे, सरकारी फाल्ने हो भने !!

०००
‘चट्याङ गीता’ (२०५६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x