साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली पनि नयाँ बनिसके

कहिलेकाहीँ पावरवाला चस्मा लगाएर आफ्ना लुगाका जुम्रा टिप्दै यसो सोच्छु म मेरा लागि त बिगत क्रान्तिका उपलब्धिहरू संस्थागत भइसके नयाँ नेपाल त बन्यो बन्यो, नेपाली पनि नयाँ बनिसके साँच्चै, नेपाली पनि नयाँ बनिसके ।

Nepal Telecom ad

चट्याङ मास्टर :

ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो Chatyang Master
आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन
अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो
सिंगो नेपाल र सप्पै नेपालीको नेतृत्व गर्छु भन्थ्यो
मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

नयाँ नेपाल बनाउँछु भन्थ्यो
धन्न कसो कसो वर्ष दिनमै एउटा नयाँ नेपाली चै बनाई हालेछ
नयाँ नाराले म सिंगो देश र समाज हल्लाउँछु भन्थ्यो
आजभोलि त “हो बाबु हो हो ” को नारा लगाउँदै
कोक्रो पो हल्लाउन थालेछ।

समाजमा आमूल परिवर्तन ल्याउनुपर्छ त अझै भन्दैछ
उसका गन्हाउने मोजा परिवर्तन गर्ने र धुने काम
उसकी आमाले गर्दैछ
देश सम्बृद्ध बनाउनुपर्छ पनि भन्दै छ बेला कुबेला
उसका आमसभा र जुलुसमा जान
गाडीभाडा र खाजा खर्च भने मै सँग माग्दै छ।

उसले समाजमा परिवर्तन ल्याउने काम
घरैबाट शुरु गरेको छ
घरमा भएका देवी देवताका फोटा झिकेर
उसका मृत नेताका फोटाले भरेको छ।

घरमा भएका रामायण, दुर्गा कवच
र महाभारतका किताब सब रद्दीमा बेचिदियो।
मेरो पूजाकोठासमेत जिल्दामै
रगताम्मे खुकुरी र झ्याप्ले विदेशीका
फोटो भएका किताबले भरेको छ।

बिहानै उठेर बुहारी मलाई र उसकी सासूलाई
मुड्की उज्याएर अभिवादन भन्छिन्।
मेरी अर्धांगिनी जब राम नाम जप्न थाल्छिन्,
बुहारी बोल्सेभिक्स क्रान्तिको किताब पाठ गर्न थाल्छिन्।

छोरो आज कुन नेताको
कहाँ जुलुस र आमसभा छ भनेर पात्रो हेर्न थाल्छ
अब आज यसले कति खर्च माग्ने हो भन्ने डरले
मेरो मुटु काम्न थाल्छ ।

बल्ल बल्ल आज उसलाई कतारको भिसा लाग्यो रे
राम्रै होला भनेको त –
“बा ! अब हाम्रो माझिखेत बेचौ” पो भन्न आइपुग्यो
त्यो पैसाले उ विदेश जाने रे,
केही वर्षपछि धेरै पैसा कमाएर ल्याउने रे ।

घरमा मस्त तरुनी बुहारी छ,
काखमा दुधे नाति छ, रोगी बुढी छ,
एउटा बुढेसकालको सहारा ठानेको छोरो
अनिश्चित लक्ष्य लिएर अनिश्चित गन्तव्य हिँडेको छ ।

मेरो मन, मस्तिस्क, शरीर, परिवार,
घरको संस्कार र पुर्ख्यौली सम्पतिमा समेत
परिवर्तन त आइसकेको छ।

कहिलेकाहीँ पावरवाला चस्मा लगाएर
आफ्ना लुगाका जुम्रा टिप्दै यसो सोच्छु म
मेरा लागि त बिगत क्रान्तिका
उपलब्धिहरू संस्थागत भइसके
नयाँ नेपाल त बन्यो बन्यो, नेपाली पनि नयाँ बनिसके
साँच्चै, नेपाली पनि नयाँ बनिसके ।

०००
बत्तिसपुतली, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x