
के गर्नु ?
सुराकलाई समातौँला, सुराकी किनिदिन्छ कि ! अदालतमा उभ्याउँला, न्यायाधीश बिकिदिन्छ कि ! वेइज्जत गरी लिऊँ हुर्मत, चुनाव पो जितिदिन्छ कि !

चटयाङ मास्टर :
देश त राम्रै थियो मेरो, जनता पनि ठिकै थिए
समाजकै भलो गर्छ, भनी हिँड्ने निकै थिए
तै पनि बिग्रियो देश, भताभुङग भयो सब
खोज्दै छु म दोषीलाई, भेटिए गर्नु के अब
सुराकलाई समातौँला, सुराकी किनिदिन्छ कि !
अदालतमा उभ्याउँला, न्यायाधीश बिकिदिन्छ कि !
वेइज्जत गरी लिऊँ हुर्मत, चुनाव पो जितिदिन्छ कि !
मारौँ कुटी कुटी त्यसलाई, माओवाद भनिदिन्छ कि !!
के गर्नु ?
देश त राम्रै थियो मेरो देश, जनता पनि ठिकै थिए
समाजकै भलो गर्छु भनी हिँड्ने निकै थिए !
०००
बत्तिसपुतली, काठमाडौं