सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सरर्रर कार

दुइतिहाइको सरकार यस्तो द्रूत गतिमा अघि बढ्दैछ तस्करी, अपहरण, हत्या आदि त पछाडि पर्दैछ पैदल हिँडेर देश अगाडि बढाउन सक्दै सकिन्न नि त्यसैले त भारतको पानीजहाज र चीनको रेल पर्खेको पर्ख्यै छ ।

Nepal Telecom ad

चट्याङ मास्टर :

सरकारले अब कसैलाई भ्रष्टाचार गर्नै दिँदैन
भ्याएजत्ति भ्रष्टाचार ऊ आफैँ गर्छ, एउटा छोड्दैन
सरकार बाहिर बसेर किन गर्नुपर्‍यो भ्रष्टाचार ?
सोझै सरकारसँग हातेमालो गरे हुँदैन ?

देश त अब आर्थिक समृद्धितर्फ लम्की सकेको छ
करोडौँ करोडको त गाडी मात्रै किनिसकिएको छ
नेता र जनता गरी दुई थरी मानिस छन् देशमा
नेता जति समृद्ध भइसके अब जनता मात्रै त बाँकी छ ।

पूरै सिस्टेम्याटिक वैज्ञानिक ढङ्गले देश चलाउँदै छ सरकार
त्यसैले त दिनहुँ अनुसन्धानमा करोडौँ खर्च गरेको गर्‍यै छ
अरुका अनुसन्धानले नयाँ ग्रह वा सिद्धान्त पत्ता लगाउँछन्
हाम्रा अनुसन्धानले अपराधी खोजेको खोज्यै छ  ।

दुइतिहाइको सरकार यस्तो द्रूत गतिमा अघि बढ्दैछ
तस्करी, अपहरण, हत्या आदि त पछाडि पर्दैछ
पैदल हिँडेर देश अगाडि बढाउन सक्दै सकिन्न नि
त्यसैले त भारतको पानीजहाज र चीनको रेल पर्खेको पर्ख्यै छ ।

सरकारले अब सबै सिन्डिकेट खारेज गर्छ
पार्टीहरूको सिन्डिकेट सरकार हुँदाहुँदै
अरु थरिको सिन्डिकेट किन आवश्यक पर्छ ?

०००
बत्तिसपुतली, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
छन त छ

छन त छ

चट्याङ मास्टर
काठमाडौं पुराण

काठमाडौं पुराण

चट्याङ मास्टर
के गर्नु ?

के गर्नु ?

चट्याङ मास्टर