साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खा खा खा सब खा

दिन्छन् भोट चुनावमा सुजनले, मन्त्री पजेरो तँ खा । जग्गा काण्ड दलाल मञ्चन गरी, उम्दा घडेरी तँ खा ॥ जाली दुस्मन भ्रष्टबाट घुस खा, मौका मिलाएर खा । खा खा खा अब यो पवित्र जग खा, यो देश नेपाल खा ॥

Nepal Telecom ad

के.पी.पौडेल :

जिल्ला केन्द्र प्रदेश गाउँ धुर खा, खोला नदी ताल खा ।
टारी खेत गरा गढी बगल खा, सारा बगैँचा तँ खा ॥
बेँसी लेक कुना पहाड थल खा, पाखा तराई ल खा ।
खा खा खा सब खा लुटेर अझ खा, चोचो मिलाएर खा ॥-१

सारा दुर्गम क्षेत्र खा नगर खा, पाटी र पौवा तँ खा ।
चौतारा मठ पोखरी बगर खा, पैनी कुलो नाल खा ॥
अड्डा जेल सभा अदालत सबै, भन्डार भन्सार खा ।
खा खा खा सब खा मिलेर अझ खा, चोसो मिलाएर खा ॥-२

शिक्षा क्षेत्र र अस्पताल पनि खा, ठेक्का र हिस्सा तँ खा ।
जिल्ला देखि विभागका सदनका, सारा निकासा तँ खा ॥
टुप्पोदेखि पुछारसम्म सब खा, हाँगा जरा पात खा ।
खा खा खा अब खा दुखी श्रमिक खा, मेसो मिलाएर खा ॥-३

आफ्ना मानिस उच्च मान पदमा, राखेर टन्नै ल खा ।
आँखा चिम्म गरेर खा नकचरो, ए हन्तकाली तँ खा ॥
चर्का काण्ड रचेर यो मुलुक खा, सम्पत्ति सारा ल खा ।
खा खा खा सुन काण्ड राज्य धन खा, बार्ता मिलाएर खा ॥-४

सारा कोष विकास ऋण पनि खा, आयोजना खर्च खा ।
आएका अनुदानका रकम खा, सत्ता र भत्ता तँ खा ॥
निर्धाका पसिना समग्र श्रम खा, सेवा र पट्टा ल खा ।
खा खा खा सब खा लुटेर अझ खा, ए बाह्रमासे तँ खा ॥-५

दिन्छन् भोट चुनावमा सुजनले, मन्त्री पजेरो तँ खा ।
जग्गा काण्ड दलाल मञ्चन गरी, उम्दा घडेरी तँ खा ॥
जाली दुस्मन भ्रष्टबाट घुस खा, मौका मिलाएर खा ।
खा खा खा अब यो पवित्र जग खा, यो देश नेपाल खा ॥-६

०००
बट्टार, नुवाकोट ।
हालः बालाजु, काठमाडौं ।
मोबाइल नं. ९८४१७५८१८४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x