साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कृत्रिम बौद्धिकताको युगमा म अझै बुख्याँचाहरू बीच बाँचिरहेको छु

भिजाउछ हाँडीको धुलो थुकले अनि पोत्छ कालो आफ्नै बुढी औँलामा एकपटक जिब्रोमा लगेर चाट्छ, बुढी औँला आफैँले कोतरेको कालो र आफैँले थुकेको थुक अनि लगाउँछ ल्याप्चे विचौलियाले बोकेको घिनलाग्दो र गन्हाउने कागजमा

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

चाहे कानुनले बनाइदिएको होस् वा किसानले
बुख्याँचाहरूसँग बुद्धि र विवेक हुँदैन
बुख्याँचाले पसिना, आँसु र रगतको अर्थ पनि बुझ्दैन

सुकेका नर्कटको शरीरमा प्राणको आशा गर्नु पनि बेकार हो
खोक्रो र चर्किएको हाँडी न हो बुख्याँचा
दिमागको झझल्को दिने चर्किएको, खोक्रो र कालो हाँडीमा
विषालु सर्पहरूले गुँड लाएका छन् आजकाल
शरीरको आभाष दिन ठड्याइदिएको नर्कटका खुट्टाहरूमा
तीखा दाँत भएका मुसाहरू खेल्छन् आजकाल
मात्र खान्छ, जे पनि खान्छ र खाइरहन खोज्छ

आफ्नै टाउको कोतर्छ र झार्छ कालो विचौलियाको हत्केलामा
अनि थुक्छ विचौलियाको हातमा
भिजाउछ हाँडीको धुलो थुकले
अनि पोत्छ कालो आफ्नै बुढी औँलामा
एकपटक जिब्रोमा लगेर चाट्छ, बुढी औँला
आफैँले कोतरेको कालो र आफैँले थुकेको थुक
अनि लगाउँछ ल्याप्चे विचौलियाले बोकेको
घिनलाग्दो र गन्हाउने कागजमा

म बुख्याँचाहरूलाई नामले बोलाउन चाहिरहेको छु
म बुख्याचाहरूको न्वारन गर्न नाम खोजिरहेको छु
कृत्रिम बौद्धिकताको युगमा
म अझै बुख्याचाहरूबीच बाँचिरहेको छु र
बुख्याँचाहरूको जङ्कुको भोजमा पालैपालो सामेल भइरहेको छु।

०००

२०८० असोज १९ गते
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x