साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कान्जिहाउसको कत्थक नृत्य

त्यो गोरुजात्रा भाइरल भएर दक्षिण दिशाको सनकपुरसम्म पुग्यो । अनि फेरि सनकपुरको सुकेलुतो कन्याउँदा कन्याउँदै उग्र भएर गगनगन्जमा पुगेर भिरङ्गी रूपमा भयानक भएर देखापर्‍यो ।

Nepal Telecom ad

भोजराज रेग्मी मुखाले  :

गोठालाहरू आफ्ना जिम्माका पशुहरू चरनमा छोडेर विन्दास थिए भने मालिकहरू गोठालाहरूको अनुशासन र इमानदारीमा पूणर् विश्वस्त । पशुहरूको लागि चरन भन्नू पनि एउटा ठूलो कान्जीहाउस मात्रै । गोठालाहरू भने मुर्कुट्टाजस्ता – हातखुट्टा लुला तर भुँडी अजङ्गका ।

यस्ता हुलिया भएका गोठाला र त्यत्रो कान्जीहाउस चलाउन मालिकहरूले एउटा रोबोट प्रयोग गरिरहेका थिए । यस रोबोटको चिनाको नाउँ – लोकतन्त्र र मालिकहरूले बक्सेको नाउँ- गणतन्त्र थियो ।

कान्जीहाउसमा रहेका पशुहरूमध्ये कुकुर, बिराला, ब्वाँसाहरूलाई कारागारका नाइके र भाइनाइके जस्तै सुविधा उपलब्ध थियो । स्याल र फ्याउराहरूले मिडियाको जिम्मेवारी पाएकाले उनीहरूलाई विशेष सुविधा र अधिकार प्रदान गरिएको थियो ।

निर्धा निमुखा शाकाहारी पशुहरू जत्ती भोकैप्यासै र बिजोग भएपनी कराउँथे, चिच्याउँथे, उफ्रिन्थे अनि अन्तिममा लम्पसार पर्थे र आआफ्नो भाग्यलाई सराप्दै एकबारको जिन्दगी चलाउँदैथे ।

गोठालाहरू मुर्कुट्टा भएकाले दिमाग त हुने कुरै भएन, दिलको ठाउँ पनि ब्याट्री झिकेको भित्तेघडीजस्तै थियो । गोठालाहरूले आफ्ना मालिकहरूलाई कान्जिहाउस ‘काइदाले चलिरहेको ब्रिफिङ’ गर्थे ।

यसरी ‘ठीकठाक’ले कान्जिहाउस चलेको भएपनि मालिकको चञ्चल मनलाई अमनचयन भइरहेको थिएन । कान्जिहाउसलाई स्थीर हैन, चलायमान भइरहेको देख्न चञ्चले मालिकहरूलाई औडाहा भयो ।

यस्तै औडाहाकै दौडाहामा मालिकहरूको शीर्ष बैठक बस्यो र कान्जिहाउसमा कत्थक नृत्य देखाउने सर्वसम्मत निणर्य गर्‍यो ।
कान्जिहाउसको सात गौँडामध्ये मध्य र पश्चिमका छ वटा गौँडाको नाम राखेर काम ठीकठाक नै चलेको भए पनि पूर्वीगौँडाको नाम राख्ने कुरामा गोठालाहरूले गाँड कोराकोर गर्दै केही बर्ख कान कोट्याएर बिताए । यस्तैमा केही टाउके गोठालाहरूको बुद्धिबङ्गारो पलाएकोले कसैलाई पनि मान र अपमान नहुने गरी पूर्वीगौँडाको नाम राखेर कामकाज चलाई आएका थिए । अलिकबारपछी तिनै टाउके गोठालाहरू मध्येको एउटो घनटाउकेलाई घुम्नेबेथाले छोप्यो र बेमौसमी गाईजात्रा देखाउन थाल्यो ।

त्यो गाईजात्रा मत्थर भएकै थिएन, काकाकुलनगरको गुइँठेमहाराजले गोरुजात्रा देखायो । त्यो गोरुजात्रा भाइरल भएर दक्षिण दिशाको सनकपुरसम्म पुग्यो । अनि फेरि सनकपुरको सुकेलुतो कन्याउँदा कन्याउँदै उग्र भएर गगनगन्जमा पुगेर भिरङ्गी रूपमा भयानक भएर देखापर्‍यो ।

मालिकहरूले गोठालाहरूको लागि आयोजन गरिदिएको उक्त जात्रालाई कान्जिहाउसको कत्थक नृत्य नाम दिएका छन् ।

०००
पेप्सीकोला, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
0
Would love your thoughts, please comment.x
()
x