साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जङ्गली अवतार

यतिबेला तिम्रा अपराध विरुद्ध मैले आफूलाई पशु बनाउनु पर्ने भएको छ ! मैले आक्रमण गर्नु पूर्व देशलाई जङ्गलबाट मुक्त गरेर तिमीले मान्छे बन्ने ? कि सम्भ्यतालाई जङ्गली बनाएर मृत्यु रोज्ने ? निर्णय तिम्रो हातमा छ !

Nepal Telecom ad

ठाकुर बेलवासे :

तिमीले देशलाई जङ्गल बनायौ
र वितण्डा मच्चायौ !

कानूनलाई वनमारा झारमा रुपान्तरण गरेर
तिमीले अपराधको पहाड चढ्यौ
र देशमा हाँसो निकै महङ्गो बन्यो
क्रन्दान निकै सस्तो भयो !

केही मानिसलाई असुर बनायौ
र बस्तीलाई पशुशाला सम्झिएर
सनकमा शासन गर्न थाल्यौ !

कुनै सम्भ्रान्त व्याधाले
उड्दै गरेको चरालाई भुइँमा खसाले जस्तो
हिँड्दाहिँड्दैको श्रीमान् ढालिदियौ
दु:खसँग लड्दै गरेको छोरो मारिदियौ
विद्यालय जाँदै गरेकी छोरी
बलात्कारसँगै हत्या गरेर
जून तारा भयभीत हुने गरी
अट्टहास गरिरहेका छौ !

हामी वियोगका आँसुमा मूर्च्छित हुँदा
तिमी प्रजातन्त्र र स्वतन्त्रताको शङ्खनाद गर्दै
हाम्रा आँसुको होली खेल्दै
झनझन उपद्रव गरिरहेका छौ !

तिमीलाई ज्ञान हुनु पर्छ
दाम्लोमा बाँधिएको पशुलाई
मात्रै मार्न सजिलो हुन्छ
दाम्लोविहीन पशुको जीवनसँग ठट्टा गर्नु
मृत्युसँग जिस्किनु पनि हो !

यतिबेला तिम्रा अपराध विरुद्ध
मैले आफूलाई पशु बनाउनु पर्ने भएको छ !

स्वतन्त्रताको अनुहार
र विधिको इज्जत जोगाउन
तिम्रो जङ्गली अवतारको अवसानका लागि
म हिंस्रक पशु बन्ने पूर्ण तयारीमा छु !

मैले आक्रमण गर्नु पूर्व
देशलाई जङ्गलबाट मुक्त गरेर
तिमीले मान्छे बन्ने ?
कि
सम्भ्यतालाई जङ्गली बनाएर मृत्यु रोज्ने ?
निर्णय तिम्रो हातमा छ !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अपभ्रंश

अपभ्रंश

ठाकुर बेलबासे
आमा र दु:ख

आमा र दु:ख

ठाकुर बेलबासे
लाेकतन्त्रकाे शक्ति

लाेकतन्त्रकाे शक्ति

ठाकुर बेलबासे
घाम र बा, आमा

घाम र बा, आमा

ठाकुर बेलबासे
सत्यलाई माफी

सत्यलाई माफी

ठाकुर बेलबासे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x