साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्यलाई माफी

असत्य बाँचिरहेका शासकहरू सत्यलाई माफी माग्न लगाउँछन् ! अन्याय हाँसिरहेका न्यायाधीशहरू सत्यकाे बयान लिन्छन् !

Nepal Telecom ad

ठाकुर बेलवासे :

फाँसीमा झुण्ड्याए  पनि
क्रुर काेर्राले कायल पारे पनि
अदालतमा लछारपछार गरे पनि
चरम अपमान गरेर संसार डुलाए पनि
सत्यलाई कुनै फरक पर्दैन !

फूलकाे मालाले गला भरिदिए पनि
फूलैफूलमा सुताए पनि
अथवा
प्रशंसाको यज्ञ नै लगाएर अखण्ड पूजा गरे पनि
सत्यमा नयाँ कुनै परिवर्तन आउँदैन !

शासकहरूले बेलाबेला
सत्यलाई कठघरामा राख्ने प्रयास गर्छन्
कठाेर सजाय दिएर काबुमा राख्ने अनेक प्रविधि अपनाउँछन्
कुनै बिना प्रतिकार सत्य मुस्कुराइ मात्र रहन्छ !

बेलाबेला शासकहरू बिर्सन्छन् कि-
सत्य
नियमित उदाउने घाम हाे
जून / तारा हाे

सत्य
झुक्याएर आउने बाढी पनि हाे
पहिराे पनि हाे !
भुइँचालाे पनि त हाे
र सत्य
एउटा भयानक महामारी हो !

असत्यकाे मायावी जालमा फसेकाे विचरा अदालतले
सत्यलाई माफी माग्न लगाइरहेकाे छ !

बेलाबेला अदालत बिर्सन्छ कि –
माटाे हाे अनि ढुझ्गा पनि
सत्य हाे !
पानी हाे
अनि हावा पनि
सत्य हाे !

सत्य
चट्याङ हाे
डढेलाे पनि त हाे !

असत्य बाँचिरहेका शासकहरू
सत्यलाई माफी माग्न लगाउँछन् !
अन्याय हाँसिरहेका न्यायाधीशहरू
सत्यकाे बयान लिन्छन् !

सत्यकाे अन्तिम रूप मृत्युु
अर्थात अन्त्य पनि त हो !

०००

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
अपभ्रंश

अपभ्रंश

ठाकुर बेलबासे
आमा र दु:ख

आमा र दु:ख

ठाकुर बेलबासे
लाेकतन्त्रकाे शक्ति

लाेकतन्त्रकाे शक्ति

ठाकुर बेलबासे
घाम र बा, आमा

घाम र बा, आमा

ठाकुर बेलबासे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x