साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाहियो !

चौबिसै घण्टा काम लाग्ने सरकारी मान्छे हुँ म, नहुने काम गर्नु छ भने सि.सि. टि.भी. नभएको ठाउँमा भित्र धेरै हात्ती भएको निकै मोटो खाम चाहियो ।

Nepal Telecom ad

गायत्री परिराेशनी :

नयाँ फर्माइस केही छैन
पुरानै कुरा चाहियो हजुर ।
काम नगरी दाम चाहियो
भोक लाग्दा माम चाहियो ।

बेइमान छु, इज्जत चाहियो
बेकामी छु, पद र प्रतिष्ठा चाहियो ।
नैतिकता गुमाएको नेता हुँ हजुर
सके प्रधानमन्त्री नसके मन्त्री पद चाहियो ।

सबैले चाहेकै छन्,
सबैले पाएकै छन् ।
समाज असहिष्णु बनाउने
भँडुवा हुँ म तर,
समाजसेवीको पगरी चाहियो ।
विकृती र बिसंगतीको बुटी हुँ म
इमान्दार र नैतिकवानको पुरस्कार चाहियो ।
सबै कामकुरा गर्नलाई,
समाजले छुट दिएको मर्द हुँ म
गर्लफ्रेण्डसँगको रोमान्स देख्दा
रमाउन सक्ने श्रीमती चाहियो ।

चौबिसै घण्टा काम लाग्ने
सरकारी मान्छे हुँ म,
नहुने काम गर्नु छ भने
सि.सि. टि.भी. नभएको ठाउँमा
भित्र धेरै हात्ती भएको
निकै मोटो खाम चाहियो ।
आफू र आफ्नालाई
फाइदा र काइदा आउँछ भने,
जिउँदो लाश बन्न सक्ने,
नतमस्तक मान्छे हुँ म ,
सबैले गन्ने असल मानवको
अस्तित्व चाहियो ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x