साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मदिरा काकाकुली

कन्सटेबल - (बाठ्ठे भएर) हो नि । एस सी/एस टीहरूलाई जहाँ पनि फर्स्ट प्रिफरेन्स दिन्छ होइन र ! डीएसपी - होनि । त्यसो भए एस सी/एस टी जति सबैली कोरोनाले फर्स्टमै भेट्नुपर्ने होइन ?

Nepal Telecom ad

कृष्ण प्रधान :

पात्रहरू – घ्याम्पे, नशे, थुप्री, ओसी, डीएसपी ।

दृश्य विवरण – सोसियल डिस्टेन्सिङलाई बूढो औँला देखाउँदै रक्सी दोकान अघिल्तिर ग्राहकहरू पर्‍याम्म लागेर उभिएका छन् । पिउन नपाएर हरहरती मदिरा काकाकुलीहरूले पुलिसलाई समेत टेर्न छोडिसकेका छन् । भीड सम्हाल्न पुलिसहरू हत्तु हैरान भइसकेका छन् ।

 

ओसी – (राँकिएर) सोसियल डिस्टेन्सिङ पनि अटेर गरेर के हो यस्तो ठेलमठेल । तिमीहरू मान्छे हो कि पशु हो हँ !

घ्याम्पे – आज मैले संसारको अष्टम आश्चर्य देखेँ ।

थुप्री – यो घ्याम्पे दाइले नै देख्दारहेछ है किसिम । के देख्नु भो त्यस्तो अष्टम आश्चर्य ।

नशे – त्यै ता । घ्याम्पे दाइको आँखा गिद्ध आँखै हो ।

घ्याम्पे – अरुबेला पुलिससित डराइ डराइ रक्सी किन्नुपथ्र्यो । आज हेर ता साथी हो ! हामी मदिरा काकाकुलीहरू रक्शी गिन्ने, पुलिस बकुलाजस्तो भएर हाम्रो ड्यूटी गर्ने । भएन अष्टम आश्चर्य ? छोरोले बाउकै छेउमा सोँडक्याएजस्तो ।

ओसी – (कराएर) जसले लाइन ओभर टेक गर्छ त्यसलाई सिधै भ्यानमा हाल्छु ।

थुप्री – (नसुन्ने गरी) हामीले ता लाइन ओभर टेक गरेका छैनौँ है सर ।

नशे – हामीजस्तो सिन्सियर मत्थुहरू कहाँ पाउनु हुन्छ हजूरले ।

घ्याम्पे – लकडाउनले मणि हराएको साँपजस्तो भाको बेलामा लाइन ओभर टेक गर्ने होश छैन ।

ओसी – (चिच्याउँदै) एई जा पछि । भनेको सुन्दैनस् ? अहिले हेर् है ।

नशे – रक्सी खानु नपाएर काकाकुली भएर छटपटिरहेको बेला ऊ बाठे कराको हेर न । अरुजस्तो भा ता प्ल्याच्चै दिएर यस्तो फुलाइ दिन्थे कि ! पुलिसलाई हात लाउनु भएन अनि ।

थुप्री – विचरा ओसी साहेब पनि तिमीजस्तै काकाकुली छटपटिरहेका होलान् ।

नशे – (हाँस्दै) यी मोराहरूले नपाउनु ? पक्रेको जति आधा घुइकाइँ आधा आ-आफ्ना घरमा सुइकाइँ । आफ्नो हात जगन्नाथ ।

घ्याम्पे – यिनीहरूको ता छ चाँदी कटाइ । (डीएसपी र कन्सटेबलको प्रवेश । स्यालुट आदान-प्रदान) ।

कन्सटेबल – (बाठे भएर) सर ! सोसियल डिस्टेन्स भनेको यही हो ? सर टियर ग्यास पड़काउँ ?

डीएसपी – नो । अहिले पब्लिकले तिम्रो ग्यास निकाल्छ ।

कन्सटेबल – यस्तै पाराले हो भने ता कोरोनाले सोत्तर पार्दैन डीएसपी साहेब ?

थुप्री – (प्रसङ्ग बद्लिँदै) साँच्ची हामीलाई ता दिन्छ के ता हौ ?

नशे – किन दिँदैन ?

थुप्री – बोर्डमा हुनेहरूलाई मात्र दिन्छ भन्ने गाइगुइँ सुनेकी छ र नि ।

नशे – (झोक्किँदै) ठैट ! रेल कुरा । मत्थुहरूलाई बोड न सोड ।

थुप्री – म फेरि कुनै बोडमा पनि छैन नि ता !

घ्याम्पे – र ता मैले ता बोडको काड बोकेको छु । (गोजीबाट निकालेर प्लाइवुडको सानो टुक्रा देखाउँदै) कुन बोड भनेर सोध्यो भने यै बोड देखाइदिन्छु ।

नशे – (छक्क पर्दै) यो ता भूटान बोडको पिस होइन ?

घ्याम्पे – येस । बोड इज बोड ।

पोक्ची – त्यसो ता मैले पनि नानीको स्कूलको बोड ल्याएकी छु नि ।

नशे – रक्सी लिनुसित मतलब छ । फलानु बोडको भन्दा चैँ फ्री दिन्छ अरे ?

घ्याम्पे – लठुवा नशे साथी ! बोडमा हुनेहरूलाई सबै कन्सेशन छ भनेको होइन ?

थुप्री – बोड भनेको सुनेका छौ के ता नशे दाइ ।

नशे – किन नसुन्नु ? स्कूल बोड, इलेक्ट्रिसिटी बोड, ब्ल्याक बोड, क्लिप बोड, काड बोड, भूटान बोड ।

पोक्ची – तिमी चैँ कुन बोडमा पर्‍यौ घ्याम्पे दाइ ।

घ्याम्पे – म ? म चैँ प्यूर भूटान बोड । राजनीतिका सिङ साँढेहरूले भूटान बोडमा जत्तिनै मुड्की बजारे पनि भूटान बोडलाई केही हुँदैन ।

नशे – म पनि अब भने नयाँ बोड बनाउँ भन्दै छु । (पुलिसहरू छेउ छेउ आइपुगेकाले कुरा बङ्ग्याउँछ)

थुप्री – सर एकजनालाई कतिसम्म दिन्छ होला सर ?

कन्सटेबल – एकजनालाई एक बोतल । तिमीलाई चैँ डोकोभरि चाहियो कि क्या हो ?

घ्याम्पे – (अन्कनिँदै) एस सी/एसटी क्याण्डिडेटलाई अलिक धेर दिन्छ कि भनेर नि ।

ओसी – (झोँक्किँदै) किन एस सी/एस टीलाई धेर ? ओबीसी पनि ता छ ।

नशे – (टाउको कन्याउँदै) सर हामी तीनैजना एस सी/एस टी भित्र पर्छौं नि ता ।

थुप्री – एस सी/एस टीहरूले धेर पाउनुपर्ने है सर ।

कन्सटेबल – (बाठ्ठे भएर) हो नि । एस सी/एस टीहरूलाई जहाँ पनि फर्स्ट प्रिफरेन्स दिन्छ होइन र !

डीएसपी – होनि । त्यसो भए एस सी/एस टी जति सबैली कोरोनाले फर्स्टमै भेट्नुपर्ने होइन ?

कन्सटेबल – (तर्सेर) ठैट सर त्यसो नभन्नोस् न हौ सर । म एसटी नै हो नि सर ।
ओसी – म पनि एस टी नै हुँ है ।

डीएसपी – म मात्रै जेनरल परेछु ।

पर्दा खस्छ ।
०००
सिलगडी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
नयाँ फास्ट फुड

नयाँ फास्ट फुड

कृष्ण प्रधान
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x