साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काठमाडौं बिक्रीमा छैन

कुकुरहरूलाई पनि कुटिनु परेको छैन पैतलालाई पनि ठेस लागेको छैन राँको बालेर निस्कन निहुँ छैन अब किन विरोध हुन्छ महोदय काठमाडौं बिक्रीमा छैन ।

Nepal Telecom ad

भोलानाथ सुवेदी :

तिमीले घर बेचेका हौला
तिमीले जग्गा बेचेका हौला
किनबेचको मामला मलाई थाहा छैन
काठमाडौं बिक्रीमा छैन ।

बाटो बेचेर फुटपाथ हडप्नेहरू
अस्तव्यस्तमा लामो हात गर्नेहरू
अलिकति तिम्रा सपनामा पानी छर्क
दायाँ फर्क बायाँ फर्क
स्वार्थले पैतला चाट्नु छैन
काठमाडौं बिक्रीमा छैन ।

सडक वरिपरि फुलेका फूलहरू
माक्स बिना दौडेका पैतलाहरू
पुर्खाको दीर्घ साधना
मैलो पार्ने अधिकार कसैलाई छैन
काठमाडौं बिक्रीमा छैन ।

आफैं आहार खोजेर
भोको पेट भर्छ काठमाडौं
आफैं घन्टी बजाउँदै
सबैलाई बिउँझाउँछ काठमाडौं
बासना छर्दै फुलेको
सुगन्धित फूल बनेपछि
गौरवले मुस्काउन भए पनि
बिक्रीमा छैन काठमाडौं ।

कुकुरहरूलाई पनि कुटिनु परेको छैन
पैतलालाई पनि ठेस लागेको छैन
राँको बालेर निस्कन निहुँ छैन
अब किन विरोध हुन्छ महोदय
काठमाडौं बिक्रीमा छैन ।

०००
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x