सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वृद्धचिन्तन

को होला त्यो सच्चा साथी आमा नै हुन् दिव्यपनाकी वृद्ध छँदा पनि उस्तै माया गर्छिन् सन्ततिसित यी आमा ।

Nepal Telecom ad

विदुर अधिकारी :

जय जय बाबा, जय जय आमा
सन्तति निम्ति गर्छौ धामा
वृद्ध भए पनि आँट छ धेर
गर्छु नमन लौ नित्य नुहेर ।
(१)

अनुभवका हुन् अनुपम खानी
प्रहरहरूमा दिव्य बिहानी
हुन् यति जान्नू दाजु र भाइ
पालन गर्नू प्रीत जगाई ।
(२)

सन्ततिलाई पालन गर्दा
हन्डर खायौ सङ्कट पर्दा
सुत्थ्यौ आधा,खान्थ्यौ आधा
प्रिय जननी हौ,सबकी साझा ।
(३)

साथ हुँदैनन् जब प्रिय आमा
लाग्दछ झल्को नित्य पलामा
आमा बाबा हुन्नन् दुष्ट
हे! सन्तति हो, नबन न रुष्ट ।
(४)

को होला त्यो सच्चा साथी
आमा नै हुन् दिव्यपनाकी
वृद्ध छँदा पनि उस्तै माया
गर्छिन् सन्ततिसित यी आमा ।
(५)

०००
रामपुर, चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गाह्रो छ प्रेमी हुन

गाह्रो छ प्रेमी हुन

विदुर अधिकारी
बाबा

बाबा

विदुर अधिकारी
बाबा-आमा

बाबा-आमा

विदुर अधिकारी
वृद्धलाई सुझाव

वृद्धलाई सुझाव

विदुर अधिकारी
बृद्ध हुनु पाप हैन

बृद्ध हुनु पाप हैन

विदुर अधिकारी
आजको मान्छे

आजको मान्छे

विदुर अधिकारी
आमा

आमा

के.पी. पाैडेल
आमा भन्छिन्

आमा भन्छिन्

रामशरण न्याैपाने
बुढ्यौलीको सूचक र कर्म

बुढ्यौलीको सूचक र कर्म

श्रीधर लामिछाने
भो जीवनी बन्जर (७)

भो जीवनी बन्जर (७)

हेम अधिकारी
बाबाआमा रमाऊन्- (०१)

बाबाआमा रमाऊन्- (०१)

दीनानाथ पाेखरेल