सुरेशकुमार पाण्डेहत्या !
श्यामप्रसाद कसरी पेसेवर अपराधी भए ? तिमीसँग प्रमाण छ ? -जजले सोधे। हजूर जगजाहेर छ उनले दिनहुँ कुखुरा काट्ने पेसा गर्छन्।- मङ्गलले भिडियो देखाउँदै भन्छ।

सुरेशकुमार पाण्डे :
“जज साहेब ! यो अपराधी हो; मङ्गलले एउटा निर्दोष जीवलाई घनले हिर्काएर हत्या गरेको छ। यसलाई कानुन् बोमजिमको सजाय दिनुपर्छ। -व़किल सिद्धीस्वरले आफ्नो पक्ष राख्दै भन्यो।
आरोपी मङ्गल ! तिमीलाई आफ्नो सफाइमा केही भन्नुछ ?-जजले मङ्गलतिर हेर्दै भने।
हजूर अवस्य पनि मैले भन्नुछ। -मङ्गलले सटिकमा बोल्ने अनुमती माग्यो।
भन के सरकारी व़किलले लगाएको आरोप ठिक होइन् ?-जजले प्रश्न गरे।
हुँदैहोइन ! मलाई फाँसी दिएपनि मैले घनले हानेको भनेर स्विकार गर्नै सक्तैन। किन कि मैले घनले हिर्काएकै होइन्। न मन्टीलाई मार्ने मेरो उदेश्य नै थियो । उसले मेरो सानु तिन वर्षको बाबुलाई टोक्यो मैले उसलाई भगाउँने उदेश्यले घनको बिंड फुकालेर हानेँ तर त्यसलाई अक्करमा लागेछ।-मङ्गलले सफाइमा भन्यो।
बिंडले हाने पनि घनले हाने पनि मङ्गलले गरेको अपराध हो।त्यसको सजाय मिल्नै पर्छ। -वकिलले भन्यो।
त्यसो भए त्यो मन्टीको मालिकलाई पहिले सजाए दिनुहोस् त्यसपछि मलाई दिनुहोला। -मङ्गलले चिच्याउँदै भन्यो।
मन्टीको मालिक श्यामप्रसादले के अपराध गरेका छन् ? जजले प्रश्न गरे।
उनी पेसेवर अपराधी हुन्। -मङ्गलले भन्यो।
त्यो सुनेर पुरा खचाखच भरिएको अदालतमा चहलपहल सुरूभयो। एक अर्कामा कानेखुसी हुनथाल्यो।
अडर ! अडर ! अडर !
जजले टेबुलमा ठकठक गर्दै सबैलाई चुप गराए।
श्यामप्रसाद कसरी पेसेवर अपराधी भए ? तिमीसँग प्रमाण छ ? -जजले सोधे।
हजूर जगजाहेर छ उनले दिनहुँ कुखुरा काट्ने पेसा गर्छन्।-
मङ्गलले भिडियो देखाउँदै भन्छ।
०००
दाङ, घोराही
(२१अश्विन२०८०)
Subscribe
Login
0 Comments
Oldest







































